आँधीले १० हजार बढीको ज्यान लियो
Posted by
purwanews
Published on
Monday, November 11, 2013
मनिला । फिलिपिन्समा आँधीबाट मृत्यु हुनेको सङ्ख्या १० हजार नाघेको छ । अधिकारीहरुका अनुसार आँधीका कारण लाखौं विस्थापित भएका छन् ।
मध्य भागमा पर्ने लेयटे प्रान्तको ताक्लोबान सहरमा मात्र दशहजार व्यक्तिको मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको स्थानीय अधिकारीहरूले आइतबार जानकारी दिएका छन् । तर, राष्ट्रिय सरकारी विभागहरूले प्रकोप नियन्त्रण तथा यस सङ्ख्यालाई पुष्टी भने गरेका छैनन् ।
केही दिनयतादेखि फिलिपिन्सको पूर्वी भागमा पर्ने द्वीप लेट तथा समरलाई भूमध्यसागरीय शक्तिशाली आँधी ‘सुपर टाइफुन हेयान’ले प्रभावितको बनाएको छ ।
सन् २०१२ फिलिपिन्समा आएको बोफा नामक आँधीमा परी करिब दुई हजार व्यक्तिको मृत्युभएको थियो ।
२५ कात्तिक
प्रतिक्रिया दिनुहोस् >>

