ब्लाकबेरी पनि संकटमा
Posted by
purwanews
Published on
Monday, November 11, 2013
बित्तिय संकटबाट गुज्रिरहेको मोबाइल फोन निर्माता कम्पनी ब्लाकबेरी तत्काल नबिक्ने भएको छ । कम्पनिले अब आफ्नो एक अर्ब डलर उठाउने कोसिस गर्नेछ ।
फेयरफ्याक्स फाइनेन्सियल होलडिंगको हातमा बेचिने यसअघिको तयारी कम्पनीले त्यागेको हो ।
सुधारको दिशामा कम्पनिले केही कदम समेत चालेको छ । कम्पनीका मुख्य कार्यकारी थोर्सटेन हाइन्स पदबाट हट्नेछन् भने उनको ठाउँमा जोन चेन अन्तरिम कार्यकारी अधिकृतको रुपमा रहनेछन् ।
यो वर्षको दोश्रो त्रैमासिकमा कम्पनीले झण्डै डेढ अर्ब रुपैयाँको घाटा बेहोरेसँगै कम्पनीका मालिकहरु कम्पनी बेच्ने मनसायमा पुगेका थिए ।
खासगरी नयाँ स्मार्टफोन जेड १० को बिक्रि निकै कम भएपछि कम्पनीले यतिविधि घाटा बेहोर्नुपरेको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस् >>