रामचन्द्र पौडेलको हेलिप्याडमा सकेट बम
Posted by
purwanews
Published on
Saturday, November 16, 2013
तनहुँ । नेपाली कांग्रेसका उपसभापति एवं तनहुँ क्षेत्र नं. २ का उम्मेदबार रामचन्द्र पौडेलले प्रयोग गरेको हेलिकप्टर झार्न काँहुशिवपुर–८, कोइदिममा बनाएको हेलिप्याडमा सकेट बम फेला परेको छ। चुनावी अभियानको क्रममा जुटेका पौडेलको हेलिकप्टर ल्याण्ड गर्न बनाएको हेलिप्याडमा अज्ञात समूहले बम राखेको हो। सानो बट्टामा कालो प्लाष्टिकले बेरेर खतरा लेखि हेलिकप्टर झर्ने स्थानमा रहेको बमलाई नेपाली सेनाले डिष्पोज गरेको थियो।
हेलिप्याडमा बम भेटिएपछि पौडेलले हेलिप्याडदेखि करिब २ सय मिटर पर अर्को स्थानमा हेलिकप्टर ल्याण्ड गराएर कार्यक्रममा सहभागी भएका थिए।
निर्वाचन विथोल्न खोज्ने पक्षले तर्साउने उद्देश्यले हेलिप्याडमा बम राखेको हुन सक्ने तनहुँका प्रहरी प्रमुख एसपी गोपीमान श्रेष्ठले बताए।
प्रजातन्त्र र लोकतन्त्रको बाटो छेक्ने विरोधीले आफूलाई तर्साउन खोजेको भन्दै पौडेलले पार्टीको प्रतिबद्धता अनुसार देशलाई निकास दिन आफूहरु प्रतिबद्ध रहेको बताए।
हेलिप्याडमा बम भेटिएपछि पौडेलले हेलिप्याडदेखि करिब २ सय मिटर पर अर्को स्थानमा हेलिकप्टर ल्याण्ड गराएर कार्यक्रममा सहभागी भएका थिए।निर्वाचन विथोल्न खोज्ने पक्षले तर्साउने उद्देश्यले हेलिप्याडमा बम राखेको हुन सक्ने तनहुँका प्रहरी प्रमुख एसपी गोपीमान श्रेष्ठले बताए।
प्रजातन्त्र र लोकतन्त्रको बाटो छेक्ने विरोधीले आफूलाई तर्साउन खोजेको भन्दै पौडेलले पार्टीको प्रतिबद्धता अनुसार देशलाई निकास दिन आफूहरु प्रतिबद्ध रहेको बताए।
प्रतिक्रिया दिनुहोस् >>