' मतदान केन्द्रमा मोबाइल, क्यामरा निषेध ' : निर्वाचन आयोग
Posted by
purwanews
Published on
Monday, November 18, 2013
काठमाडौं । निर्वाचन आयोगले ४ मंसीरमा मतदानका बेला मतदान केन्द्रमा मोबाइल क्यामरा लैजान निषेध गरेको छ ।निर्वाचनलाई स्वच्छ र स्वतन्त्र बनाउनका लागि मतदान केन्द्र, उपकेन्द्रहरुमा मोबाइल, क्यामरालगायत अन्य उपकरणहरु लैजान नपाउने निर्णय गरिएको आयोगका प्रवक्ता बीरबहादुर राईले बताएका छन् ।
यसैबीच ३ मंसीर दिउँसो केही उम्मेदवार र दलले मतदातालाई आफूले भोट हालेको मतपत्रको तस्वीर खिचेर ल्याउन भन्दै धम्काएको चर्चा चलेको थियो ।
“निर्वाचनलाई बढी भन्दा बढी स्वच्छ, स्वतन्त्र र भयरहित बनाउनका लागि सबै प्रयास आयोगले गरेको छ, मतदातालाई ढुक्क बनाउनका लागि यो गरिएको हो,” राईले बताए ।
त्यस्तै ४ मंसीरमा मतदान अवधिभर हवाई सेवा र अनुमाति प्राप्त सवारी साधनबाहेक अन्य कुनै पनि सवारी साधन नेपालभर प्रयोग गर्न नपाइने पनि आयोगले निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस् >>