“कस्तो भोट हालुम्ला भनेको त नामै रैनछ ।”
Posted by
purwanews
Published on
Monday, November 18, 2013
नवराज विष्ट
धरान । धरान ८ का दानबहादुर श्रेष्ठ ९६ वर्ष पुगे । उनी देशको पहिलो जननिर्वाचनमा मतदान गर्ने र त्यसताकाको माहोल प्रत्यक्ष अवलोकन गर्ने देख्ने साक्षी हुन् । उनले मुलुकमा भएका थुपै्र परिवर्तन देखिसकेका छन् । यसै गरी उनकी श्रीमति चन्द्रमादेवी श्रेष्ठले पनि भोजपुर गाविसको दावाबाट मुलुककै पहिलो निर्वाचनमा भोट हालेकी थिइन् । उनी अहिले ८० वर्ष पुगिन् । उनीहरुमा भोट हाल्ने उत्साह अझै पनि उत्तिकै छ ।
तर नेतृत्वप्रति असन्तुष्टि र नैराश्यतामा भने बिसको उन्नाइस पनि हुन सकेको छैन । “कलिजुग लागो जुगअन्सारको काम गरे नेताले, खोइ जनताका लागि चाईँ काम गरेको छैन ।” दानबहादुर श्रेष्ठ भन्छन्, “नेताले आफ्ना लागि मात्र गरे, बाटोघाटो पुलपुलेसो खोइ बनाको अनि केगरी जनताले खुसी हुने ?” उनको प्रश्न छ । यद्यपि भोट भनेको पहिलेदेखि लगाउँदै आएकाले यसपाली पनि मतदान केन्द्र नजिकै भएकाले भोट हाल्न जानै पर्छ भन्छिन् चन्द्रमादेवी श्रेष्ठ । “कसो नहाल्नु नि ईँ नजिकमा त छ, तर उहाँको उमेर अलि बढी भयो, सबेरै जानुपर्छ होला।” उनले भनिन्, “पहिला त उहाँले काँग्रेसलाई हाल्नु भो, अनि माओवादीलाई पनि हाल्नु भो क्यार, मैले त अहिलेसम्म खाली एमालेलाई एमालेलाई” उनको लामो हाँसोसँगै मतदान केन्द्रसम्म पुगेर भोट हाल्ने स्पष्ट दृढता थियो ।
धरान १० की प्रतिभा श्रेष्ठ (१८) को पनि भोट हाल्न पाउने भइयो भनेर भुइँमा खुट्टा थिएन । उनले फोटोसहितको मतदाता नामावलीको फारम पनि भरिन । फोटो पनि खिचाइन । जब उनी मतदाता परिचयपत्र बाँड्ने दिन केन्द्रमा पुगिन तर उनको नामावलीमा नाम थिएन परिचयपत्र पनि पाइनन् । “कस्तो भोट हालुम्ला भनेको त नामै रैनछ ।” उनको उत्साह म¥यो, “फोटो पनि खिचेको, नागरिकता पनि छ, के गरेको होला।” प्रतिभाले यो सिस्टम नै नराम्रो भएको बताइन ।
सुनसरीको सिंगिया गाविसका २० वर्षिय सुमन पौडेल धरानमा बस्तै आएका छन् । निर्वाचनको दुई दिन अघि नै उनी संविधानसभाको निर्वाचनमा मतदान गर्नकै लागि मानपुर गए । उनले फेसबुक स्टाटस पनि अपडेट गरि हाले, “जीवनको पहिलो तथा अमूल्य भोट हाल्न जान लागेको बसपार्क मै अलपत्र परेँ, यस्तो पनि हुँदो रहेछ । नयाँ नेपालमा ।” यद्यपि उनी सकुशल घर पुगेका छन् । निर्वाचनमा भोट हाल्न आतुर पनि छन् ।
सञ्चारकर्मी समेत रहेका बक्लौरीका संजीव वाग्ले (२७)ले अघिल्लो संविधान सभाको निर्वाचनमा भोट हाल्न पाएनन् तर पनि उत्साहित थिए तर यसपाली उनी निर्वाचनमा मतदान गर्दैछन् तर उनमा पहिले जस्तो उत्साह छैन । “पहिलो संविधान सभाको निर्वाचनमा काठमाडौँमा थिएँ । भोट हाल्न पाइनँ, तर पनि उत्साह धेरै थियो, जोस नै अर्कै नि । निर्वाचन पर्यवेक्षकको काम गरेँ । वाग्ले भन्छन्, “ यो चुनावमा भोट चाहिँ हाल्छु तर उत्ति उत्साह चाहिँ छैन ।”
धरान १२ स्थित पब्लिक उच्च मावि मतदान केन्द्रका सहायक मतदान अधिकृत चिरन सुब्बाका अनुसार म्यादी प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले मतदान केन्द्रलाई सुरक्षा प्रदान गर्ने छ । पब्लिक उच्च माविबाट मतदान गर्ने जम्मा १५ सय नागरिकहरुमा १३ सय जनाले फोटोसहितको मतदाता परिचय पत्र लगि सकेका छन् भने २ सय जना बाँकी रहेको छन् । महिला पुरुष दुबैका लागि छुट्टै पङ्क्तिको व्यवस्था गरिएको छ । प्रत्येक व्यक्तिलाई मतदानका लागि ३ देखि ४ मिनट छुट्याइएको छ । अपाङ्ग असक्तका लागि छुट्टै व्यवस्था गरिएको सहायक मतदान अधिकृत सुब्बाले बताए । दृष्टिबिहीनका लागि भने ५ जना बढीको समुहमा मतदाताले चाहेको दल र चिह्न बुझेर स्वयम सेवक वा सहयोगीले मतदान गर्न पाउने व्यवस्था गरिएको छ । पब्लिक उच्च माविमा बढीमा ६ जना दृष्टिबिहीन रहेको बताइएको छ । कर्मचारीबाहेक मतदाताले मतदान केन्द्र भित्र मोबाइल फोन लान नपाइने व्यवस्था गरिएको छ ।
दोस्रो संविधानसभा निर्वाचनमा सुनसरीमा १५२ मतदान केन्द्र तोकिएका छन् । जिल्ला सुरक्षा निकायले मतदान केन्द्रहरुमध्ये सुनसरीका ४ वटा मतदान केन्द्रलाई अति संवेदनशील केन्द्रको रुपमा हेरेको छ ।
सुनसरी क्षेत्र नं. १ का लागि धरान नगरपालिका र पाँचकन्या गाविसमा रहेका मतदान केन्द्रहरू तोकिएको छ । पाँचकन्या गाविसमा ४ वटा मतदान केन्द्र छन् । पाँचकन्या–३ को सरस्वती उच्चमावि पानबारी, वडा नं. ५ को पञ्चकन्या प्रावि ठिङ्गाबारी र वडा नं. ९ को कालिका प्रावि देवीस्थान मतदान केन्द्र तोकिएको छ । सो क्षेत्र अति संवेदनशील मतदान केन्द्रको सूचीमा परेको छ ।
त्यसैगरी धरान नगरपालिका अन्तर्गतका २१ मतदान केन्द्रलाई संवेदनशील मतदान केन्द्रका रूपमा छुट््याइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मणकुमार थापाले जानकारी दिए । पहिलो संविधानसभा निर्वाचन २०६४ मा लिम्बुवान सम्बद्ध पार्टीले मात्र संविधानसभा निर्वाचन बहिष्कार गरेकोमा योपटक नेकपा–माओवादीसहित धेरै राजनीतिक दलहरू निर्वाचन बहिष्कारका पक्षमा रहेका कारण मतदान केन्द्रमा सहज रूपमा मतदाताहरू पुग्नका लागि कठिन पर्ने विश्लेषण गरिँदैछ । आन्दोलनमा रहेका राजनीतिक दलहरूले गाउँ–गाउँमा नै मतदातालाई रोक्ने रणनीति बनाएको तथ्यहरू फेला परेका कारण पनि मतदान केन्द्रहरू संवेदनशील मानिएको हो ।
.jpg)
पहिलो संविधानसभा निर्वाचनमा यस जिल्लाका कूल मतदाता चारलाख ७७ हजार ९७३ जना रहेकामध्ये ५७ प्रतिशतले मात्र मतदानमा भाग लिएका थिए । यो पटकको निर्वाचनका लागि फोटोसहितको मतदाता नामावलीको सूचीमा तीनलाख ७५ हजार ३९६ जना मतदाता रहेका छन् । मतदान केन्द्रहरूको भूगोल, सडकको पहुँच र सुरक्षाकर्मीको अवस्थालाई हेरेर जिल्ला सुरक्षा निकायले प्रत्येक मतदान केन्द्रमा सुरक्षाकर्मी परिचालनको नीति बनाएको छ । मतदान केन्द्रको सुरक्षालाई मध्यनजर गर्दै आजैदेखि सबै मतदान केन्द्रमा सुरक्षाकर्मी परिचालन भएको प्रहरी प्रमुख गणेशबहादुर थापाले जानकारी दिए ।
नेकपा–माओवादीसहित ३३ दलले संविधानसभा निर्वाचनलाई सक्रिय बहिष्कारको घोषणासहित आन्दोलनसँगै विभिन्न स्थानमा आक्रमण र आतङ्क फैलाउने कार्य गरिरहेका कारण ती मतदान केन्द्रलाई अति संवेदनशील मतदान केन्द्रका रूपमा लिइएको जिल्ला सुरक्षा निकायले विश्लेषण निकालेको हो । जिल्ला सुरक्षा निकायका अनुसार यस जिल्लाको ५८ वटा मतदान केन्द्रलाई संवेदनशील मतदान केन्द्रका रूपमा हेरिएको छ ।
निर्वाचन बहिष्कारमा उत्रिएको नेकपा माओवादीका क्षेत्रीय सचिव दिलबहादुर रामदामले भने मत हाल्न जाने मतदातालाई अवरोध नगर्ने बताए । उनले भने –‘हाम्रो त्यस्तो चुनावलाई अवरोध गर्ने रणनीति छैन, जनताले बहिष्कार गर्छन् भने त्यो छुट्टै कुरा हो, शान्तिपूर्ण अवरोध नै हो । यता प्रहरीले पनि चुनावलाई शान्तिपूर्ण बनाउनका लागि सुरक्षा निकाय तैनाथी अवस्थामा रहेको बताएको छ ।’ इलाका प्रहरी कार्यालय धरानका डिएसपी टेकबहादुर तामाङले बताएका छन् । उनका अनुसार प्रत्येक मतदान केन्द्रको सुरक्षा नेपाल प्रहरीले लिएको छ । हाइवेको सुरक्षाका लागि भने नेपाली सेना, सशस्त्र प्रहरी र डिएसीको नेतृत्वमा मोबाइल टोली पनि परिचालित गरिने डिएसपी तामाङले बताए । उनका अनुसार विशेष सुरक्षा नीति अपनाएर चुनावी सुरक्षामा प्रहरी परिचालित भएका छन् ।
धरान । धरान ८ का दानबहादुर श्रेष्ठ ९६ वर्ष पुगे । उनी देशको पहिलो जननिर्वाचनमा मतदान गर्ने र त्यसताकाको माहोल प्रत्यक्ष अवलोकन गर्ने देख्ने साक्षी हुन् । उनले मुलुकमा भएका थुपै्र परिवर्तन देखिसकेका छन् । यसै गरी उनकी श्रीमति चन्द्रमादेवी श्रेष्ठले पनि भोजपुर गाविसको दावाबाट मुलुककै पहिलो निर्वाचनमा भोट हालेकी थिइन् । उनी अहिले ८० वर्ष पुगिन् । उनीहरुमा भोट हाल्ने उत्साह अझै पनि उत्तिकै छ ।
तर नेतृत्वप्रति असन्तुष्टि र नैराश्यतामा भने बिसको उन्नाइस पनि हुन सकेको छैन । “कलिजुग लागो जुगअन्सारको काम गरे नेताले, खोइ जनताका लागि चाईँ काम गरेको छैन ।” दानबहादुर श्रेष्ठ भन्छन्, “नेताले आफ्ना लागि मात्र गरे, बाटोघाटो पुलपुलेसो खोइ बनाको अनि केगरी जनताले खुसी हुने ?” उनको प्रश्न छ । यद्यपि भोट भनेको पहिलेदेखि लगाउँदै आएकाले यसपाली पनि मतदान केन्द्र नजिकै भएकाले भोट हाल्न जानै पर्छ भन्छिन् चन्द्रमादेवी श्रेष्ठ । “कसो नहाल्नु नि ईँ नजिकमा त छ, तर उहाँको उमेर अलि बढी भयो, सबेरै जानुपर्छ होला।” उनले भनिन्, “पहिला त उहाँले काँग्रेसलाई हाल्नु भो, अनि माओवादीलाई पनि हाल्नु भो क्यार, मैले त अहिलेसम्म खाली एमालेलाई एमालेलाई” उनको लामो हाँसोसँगै मतदान केन्द्रसम्म पुगेर भोट हाल्ने स्पष्ट दृढता थियो ।
धरान १० की प्रतिभा श्रेष्ठ (१८) को पनि भोट हाल्न पाउने भइयो भनेर भुइँमा खुट्टा थिएन । उनले फोटोसहितको मतदाता नामावलीको फारम पनि भरिन । फोटो पनि खिचाइन । जब उनी मतदाता परिचयपत्र बाँड्ने दिन केन्द्रमा पुगिन तर उनको नामावलीमा नाम थिएन परिचयपत्र पनि पाइनन् । “कस्तो भोट हालुम्ला भनेको त नामै रैनछ ।” उनको उत्साह म¥यो, “फोटो पनि खिचेको, नागरिकता पनि छ, के गरेको होला।” प्रतिभाले यो सिस्टम नै नराम्रो भएको बताइन ।
सुनसरीको सिंगिया गाविसका २० वर्षिय सुमन पौडेल धरानमा बस्तै आएका छन् । निर्वाचनको दुई दिन अघि नै उनी संविधानसभाको निर्वाचनमा मतदान गर्नकै लागि मानपुर गए । उनले फेसबुक स्टाटस पनि अपडेट गरि हाले, “जीवनको पहिलो तथा अमूल्य भोट हाल्न जान लागेको बसपार्क मै अलपत्र परेँ, यस्तो पनि हुँदो रहेछ । नयाँ नेपालमा ।” यद्यपि उनी सकुशल घर पुगेका छन् । निर्वाचनमा भोट हाल्न आतुर पनि छन् ।
सञ्चारकर्मी समेत रहेका बक्लौरीका संजीव वाग्ले (२७)ले अघिल्लो संविधान सभाको निर्वाचनमा भोट हाल्न पाएनन् तर पनि उत्साहित थिए तर यसपाली उनी निर्वाचनमा मतदान गर्दैछन् तर उनमा पहिले जस्तो उत्साह छैन । “पहिलो संविधान सभाको निर्वाचनमा काठमाडौँमा थिएँ । भोट हाल्न पाइनँ, तर पनि उत्साह धेरै थियो, जोस नै अर्कै नि । निर्वाचन पर्यवेक्षकको काम गरेँ । वाग्ले भन्छन्, “ यो चुनावमा भोट चाहिँ हाल्छु तर उत्ति उत्साह चाहिँ छैन ।”धरान १२ स्थित पब्लिक उच्च मावि मतदान केन्द्रका सहायक मतदान अधिकृत चिरन सुब्बाका अनुसार म्यादी प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले मतदान केन्द्रलाई सुरक्षा प्रदान गर्ने छ । पब्लिक उच्च माविबाट मतदान गर्ने जम्मा १५ सय नागरिकहरुमा १३ सय जनाले फोटोसहितको मतदाता परिचय पत्र लगि सकेका छन् भने २ सय जना बाँकी रहेको छन् । महिला पुरुष दुबैका लागि छुट्टै पङ्क्तिको व्यवस्था गरिएको छ । प्रत्येक व्यक्तिलाई मतदानका लागि ३ देखि ४ मिनट छुट्याइएको छ । अपाङ्ग असक्तका लागि छुट्टै व्यवस्था गरिएको सहायक मतदान अधिकृत सुब्बाले बताए । दृष्टिबिहीनका लागि भने ५ जना बढीको समुहमा मतदाताले चाहेको दल र चिह्न बुझेर स्वयम सेवक वा सहयोगीले मतदान गर्न पाउने व्यवस्था गरिएको छ । पब्लिक उच्च माविमा बढीमा ६ जना दृष्टिबिहीन रहेको बताइएको छ । कर्मचारीबाहेक मतदाताले मतदान केन्द्र भित्र मोबाइल फोन लान नपाइने व्यवस्था गरिएको छ ।
दोस्रो संविधानसभा निर्वाचनमा सुनसरीमा १५२ मतदान केन्द्र तोकिएका छन् । जिल्ला सुरक्षा निकायले मतदान केन्द्रहरुमध्ये सुनसरीका ४ वटा मतदान केन्द्रलाई अति संवेदनशील केन्द्रको रुपमा हेरेको छ ।
सुनसरी क्षेत्र नं. १ का लागि धरान नगरपालिका र पाँचकन्या गाविसमा रहेका मतदान केन्द्रहरू तोकिएको छ । पाँचकन्या गाविसमा ४ वटा मतदान केन्द्र छन् । पाँचकन्या–३ को सरस्वती उच्चमावि पानबारी, वडा नं. ५ को पञ्चकन्या प्रावि ठिङ्गाबारी र वडा नं. ९ को कालिका प्रावि देवीस्थान मतदान केन्द्र तोकिएको छ । सो क्षेत्र अति संवेदनशील मतदान केन्द्रको सूचीमा परेको छ ।
त्यसैगरी धरान नगरपालिका अन्तर्गतका २१ मतदान केन्द्रलाई संवेदनशील मतदान केन्द्रका रूपमा छुट््याइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मणकुमार थापाले जानकारी दिए । पहिलो संविधानसभा निर्वाचन २०६४ मा लिम्बुवान सम्बद्ध पार्टीले मात्र संविधानसभा निर्वाचन बहिष्कार गरेकोमा योपटक नेकपा–माओवादीसहित धेरै राजनीतिक दलहरू निर्वाचन बहिष्कारका पक्षमा रहेका कारण मतदान केन्द्रमा सहज रूपमा मतदाताहरू पुग्नका लागि कठिन पर्ने विश्लेषण गरिँदैछ । आन्दोलनमा रहेका राजनीतिक दलहरूले गाउँ–गाउँमा नै मतदातालाई रोक्ने रणनीति बनाएको तथ्यहरू फेला परेका कारण पनि मतदान केन्द्रहरू संवेदनशील मानिएको हो ।
.jpg)
पहिलो संविधानसभा निर्वाचनमा यस जिल्लाका कूल मतदाता चारलाख ७७ हजार ९७३ जना रहेकामध्ये ५७ प्रतिशतले मात्र मतदानमा भाग लिएका थिए । यो पटकको निर्वाचनका लागि फोटोसहितको मतदाता नामावलीको सूचीमा तीनलाख ७५ हजार ३९६ जना मतदाता रहेका छन् । मतदान केन्द्रहरूको भूगोल, सडकको पहुँच र सुरक्षाकर्मीको अवस्थालाई हेरेर जिल्ला सुरक्षा निकायले प्रत्येक मतदान केन्द्रमा सुरक्षाकर्मी परिचालनको नीति बनाएको छ । मतदान केन्द्रको सुरक्षालाई मध्यनजर गर्दै आजैदेखि सबै मतदान केन्द्रमा सुरक्षाकर्मी परिचालन भएको प्रहरी प्रमुख गणेशबहादुर थापाले जानकारी दिए ।
नेकपा–माओवादीसहित ३३ दलले संविधानसभा निर्वाचनलाई सक्रिय बहिष्कारको घोषणासहित आन्दोलनसँगै विभिन्न स्थानमा आक्रमण र आतङ्क फैलाउने कार्य गरिरहेका कारण ती मतदान केन्द्रलाई अति संवेदनशील मतदान केन्द्रका रूपमा लिइएको जिल्ला सुरक्षा निकायले विश्लेषण निकालेको हो । जिल्ला सुरक्षा निकायका अनुसार यस जिल्लाको ५८ वटा मतदान केन्द्रलाई संवेदनशील मतदान केन्द्रका रूपमा हेरिएको छ ।
निर्वाचन बहिष्कारमा उत्रिएको नेकपा माओवादीका क्षेत्रीय सचिव दिलबहादुर रामदामले भने मत हाल्न जाने मतदातालाई अवरोध नगर्ने बताए । उनले भने –‘हाम्रो त्यस्तो चुनावलाई अवरोध गर्ने रणनीति छैन, जनताले बहिष्कार गर्छन् भने त्यो छुट्टै कुरा हो, शान्तिपूर्ण अवरोध नै हो । यता प्रहरीले पनि चुनावलाई शान्तिपूर्ण बनाउनका लागि सुरक्षा निकाय तैनाथी अवस्थामा रहेको बताएको छ ।’ इलाका प्रहरी कार्यालय धरानका डिएसपी टेकबहादुर तामाङले बताएका छन् । उनका अनुसार प्रत्येक मतदान केन्द्रको सुरक्षा नेपाल प्रहरीले लिएको छ । हाइवेको सुरक्षाका लागि भने नेपाली सेना, सशस्त्र प्रहरी र डिएसीको नेतृत्वमा मोबाइल टोली पनि परिचालित गरिने डिएसपी तामाङले बताए । उनका अनुसार विशेष सुरक्षा नीति अपनाएर चुनावी सुरक्षामा प्रहरी परिचालित भएका छन् ।
प्रतिक्रिया दिनुहोस् >>
.jpg)