माओवादीका पाँच जिल्ला नेता पक्राउ

रत्न आचार्य
सुनसरी ।  संविधान सभा बहिष्कार गरी हिंसात्मक गतिविधिमा सक्रिय रहेको भन्र्दै नेकपा–माओवादीका पाँच जिल्ला नेताह्रु पक्राउ परेका छन् । प्रहरीले इटहरीवाट दुइ र धरानवाट तिन जनालाई पक्राउ गरी हिरासतमा लिएको जनाएको छ ।

 इलाका प्रहरी कार्यालय धरानले पनि सोमवार तिनजना माओवादी जिल्ला नेताहरुलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा माओवादी सर्मथित अखिल नेपाल शिक्षक संगठनकि सुनसरी अध्यक्ष माया भुजेल,  माओवादी जिल्ला सदस्यहरु एकराज कोइराला र गंगाराज गीरीलाई पक्राउ गरिएको डिएसपी टेकबहादुर तामाङले जानकारी दिए ।  सोमबार धरानका विभिन्न नौ स्थानमा माओवादीले नो भोट लेकेर सर्बसाधारणलाई आत्तकिंत पार्ने उदेश्यले नक्कली बम बनाएर राखेकाले उनीहरुलाई पक्राउ  गरिएको तामाङले बताएका छन् ।

इलाका प्रहरी कार्यालय इटहरीले माओवादीका जिल्ला सदस्य प्रदिप चौधरी र इश्वर बास्तोलालाई पक्राउ गरी हिरासतमा राखिएको डिएसपी विद्यानन्द माझिले बताएका छन् ।  उनले संविधान सभा बहिष्कार गरी विभिन्न अराजनैतिक गतिविधि गरी शान्ति सुरक्षामा खलल पुर्याएकाले पक्राउ गरेको बताए ।
 


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>