जिल्ला अस्पतालमा अत्यावश्यक उपकरण अभाव
Posted by
purwanews
Published on
Sunday, November 3, 2013
ताप्लेजुङ / माओवादी आक्रमणमा परी घाइते एमाओवादी उम्मेद्वार सञ्चपाल मादेनलाई जिल्ला अस्पतालले भित्री असर कस्तो छ जानकारी नभई डिस्चार्ज ग¥यो । हड्डीको भित्री असर बुझ्न सिटिस्क्यान गर्नुपर्ने भएकाले बाहिर जान सल्लाह दिइएको आस्पतालले अरु भागको चोट पनि पत्ता लगाउन सकेन ।
कम्मरमुनीको भागमा बन्दुकको कुञ्जाको निलडाम भएका उ लगाउनेनलाई केवल बाहिरी मलम र बिदा गर्ने काम भयो । कार्तिक ११ गते दोखुको धुसेनीमा भएको दुर्घटनाका घाइतेको अवस्था पनि राम्रो पत्ता नपाई सबै ११ जनालाई रेफर गरियो । रेफर गरिएका एक जना २५ किलोमिटर नपुग्दै मृत्यु भयो र फर्काउनु प¥यो । कुनै बेला डाक्टरै नभएको अस्पतालमा अहिले तीन जना डाक्टर छन् ।
इलाम सरुवा भएका अस्पताल प्रमुख डा. सूर्य गुरुङ पनि थमौती गरेर यही बसेका छन् । तर उपकरण नहुँदा बाहीर देखीएका घाउ सफा गर्ने, मल्हम लगाउने र अनुभवका आधारमा बाहेक समस्या पत्ता लगाएरै उपचार गर्न डाक्टरले सकिरहेका छैनन् । चिकीत्सकका अनुसार दुर्घटना वा ठूलो भवितब्य हुँदा शरीर अंगभंग भएको हुन्छ । त्यस्लाई हेर्ने एक्सरे, भिडियो एक्सरे, सिटिस्क्यान जस्ता उपकरण अनिवार्य हुन्छ । तर जिल्ला अस्पतालमा गर्भवती महिलाको अवस्था हेर्ने सामान्य क्षमताको भिडियो एक्सरे बाहेकका उपकरण उपलब्ध छैनन् ।
कान्तिपुर
प्रतिक्रिया दिनुहोस् >>