हतियार र अवैध लागु औषधसहित मोस्ट वान्टेड पक्राउ


जनकपुर/धनुषा र महोत्तरीमा आधा दर्जनभन्दा बढी अपराधको घटनामा संगलग्न मोस्ट वान्टेड दीपक सिंहलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रवार साँझ धनुषको तुल्सिवाही जब्दीबाट पक्राउ परेका सिंहलाई प्रहरीले शनिवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।
मोर्चामा अजय मुक्ति भनेर चिनिने सिंहले पछिल्लो समय तराइमा अपराध फैलाएर चर्चामा रहेका राजन मुक्ति समूहको  जनतान्त्रिक तराई मुक्ति मार्चाका एमटिएफ कमाण्डरको जिम्मेवारी सम्हालेका थिए । उनलाई जिल्लाको विशेष टोलीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी उत्तमराज सुवेदीले बताए ।
महोत्तरी बथनाहा ४ का २९ वर्षीय सिंहको साथबाट ९ एमएमको एक थान पेस्तोल, त्यस्मा प्रयोग हुने दुई थान गोली , एक थान म्याग्जिन, दुई थान मोवाइल, स्यास्मो प्रोक्सीन ५५ थान, डाइजेपाम ट्याब्लेट छ थान, र अल्प्राजोलम ट्याब्लेट १९ थान बरामद भएको प्रहरीले जनाएको छ ।
नागरिक

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>