माओवादीको दुई समुह बिच झडप
Posted by
purwanews
Published on
Friday, November 15, 2013
सिराहा / सिराहा क्षेत्र नम्बर ५ मा पर्ने कर्जन्हामा एमाओवादीका दुई समूहबीच गएराति साढे ९ बजे झडप भएको छ । एमाओवादीमा हालै प्रवेश गरेका पूर्वसभासद् विष्णुलाल वाइवा र एमाओवादीका जिल्ला इन्चार्ज अविनाश भनिने अजय नायक समूहबीच झडप भएको हो ।
झडपमा दुवै समूहका एमाओवादीका करिब १० कार्यकर्ता घाइते भएका इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । घाइते हुनेहरुमा कर्जन्हा–२ का ४५ वर्षीय बहादुर महरा, सोही ठाउँका ५० वर्षीय खेलाओन महरा, नथुनी मुखिया लगायतका छन् । घाइते सबैको कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
“करिब पाँच महिनाअगाडि कर्जन्हाका एक चमार थरका युवक मुखिया थरकी युवती लिएर भागेका थिए”– इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक नरेशराज सुवेदीले भने,‘सोही विषयलाई लिएर झडप भएको हो ।’ सुवेदीका अनुसार झडप गर्ने एमाओवादीका दुवै समूहका नेता तथा कार्यकर्ता रक्सी सेवन गरेर मातेका थिए ।
सिराहा क्षेत्र नम्बर ५ मा पर्ने कर्जन्हामा एमाओवादीका दुई समूहबीच गएराति साढे ९ बजे झडप भएको हो ।

प्रतिक्रिया दिनुहोस् >>