आयोगद्वारा तीन सय बढीको उम्मेदवारी बदर
Posted by
purwanews
Published on
Friday, November 15, 2013
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका कैयौंको उम्मेदवारी बदर गरी उम्मेदवारहरुको अन्तिम नामावली शुक्रबार गर्दैछ।
त्यसअघि आयोगले आवश्यक न्यूनतम मापदण्ड पूरा नगरेका समानुपातिक उम्मेदवारहरुलाई प्रष्टीकरण सोध्ने तथा त्यसउपर निर्णय गर्न विहिबारसम्मको समय तोकेको थियो। योग्यता नपुगेका र प्रष्टीकरण नपठाएका विभिन्न दलका ३०२ जनाको उम्मेदवारी खारेज गरिएको निर्वाचन आयुक्त रामभक्त पीबी ठाकुरले जानकारी दिए।
“हामीले छानबिन गरेर मापदण्ड बमोजिम नभएकाहरुको उम्मेदवारी बदर गरेका हौं,” ठाकुरले भने
तीमध्ये, फोटोसहितको मतदाता परिचयपत्रको सूचीमा नरहेका, उमेर नपुगेका, दुईवटा दलका बन्द सूचीमा नाम भएका, एउटै दलमा पनि पहिलो हुनेले जित्ने र समानुपातिक दुवै प्रणालीमा नाम भएका लगायतका उम्मेदवारको उम्मेदवारी खारेज भएको ठाकुरले बताए।
उनका अनुसार यसरी उम्मेदवारी खारेज हुनेमा सबैभन्दा धेरै, विजय गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका उम्मेदवार छन्। उम्मेदवारी खारेजीपछि समानुपातिकतर्फ यसअघि रहेको ११ हजारभन्दा बढी उम्मेदवारको संख्या घटेर करिब १० हजार ७ सय पुगेको छ।

प्रतिक्रिया दिनुहोस् >>