धरानमा पप्पी डे सम्पन्न
Posted by
purwanews
Published on
Monday, November 11, 2013
धरान / वीर गोर्खालीहरुको त्याग र बलिदानको सम्झना स्वरुप मनाइने पप्पी डे आज धरानमा एक कार्यक्रमबीच मनाइएको छ ।भूतपूर्व वृटिश गोर्खाहरुले प्रत्येक वर्ष ११ नोभेम्बरमा वीर गोर्खा सहिदहरुको सम्झनामा पप्पी डे मनाउँदै आएका छन् । पप्पी डेका अवसरमा गोर्खा शहीदहरुको तस्वीरमा माल्यार्पण गरिएको थियो ।
हनरी मेजर इन्द्रजित वनेमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोर्खा भूतपूर्व सैनिक संघ तथा सत्याग्रह आन्दोलनका युके प्रमुख सन्तोष थलङले गोर्खाहरुको माग पूरा गर्न नेपाललगायत विश्व प्रेस जगतले नियाली रहेको अवस्थामा आफ्नो माग अविलम्ब पूरा गर्न बेलायत सरकारसँग माग गर्नु भएको छ ।
उहाँले नेपालका अधिकारकर्मी, भूपु गोर्खा, बुद्धिजीवी र सरकारसँग ऐक्यबद्धता जनाउन र माग प्रति गम्भिरतापूर्व लाग्न अनुरोध गर्नु भयो ।
गोर्खाहरुको यो आन्दोलन निर्णायक भएकाले कुनै हालतमा पनि गोर्खालीहरु पछि नहट्ने थलङले बताउनु भयो । सम्पूर्ण गोर्खाहरुलाई सम्बोधन गर्दै उहाँले यो घडीमा पनि पछि हट्ने हो भने कहिल्यै नहारेका गोर्खालीहरुको इतिहास मेटिने पनि बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस् >>
.jpg)