अपहरण परेका उम्मेदवार दस घन्टापछि रिहा
Posted by
purwanews
Published on
Tuesday, November 12, 2013
झापा, चुनावविरुद्ध आमहड्ताल र यातायात बन्दमा उत्रेको नेकपा-माओवादीले सोमबार झापामा एक जना उम्मेदारलाई अपहरणपछि दस घण्टा नियन्त्रणमा राखेर छोडेको छ । नेकपा माले झापा ३ का प्रत्यक्षतर्फका उम्मेदवार नवराज खरेललाई माओवादी कार्यकर्ताले अपहरणपछि उम्मेदवारी फिर्ता लिन दबाब दिएका थिए। बिहान साढे पाँच बजे घरैबाट अपहरणमा परेका उनलाई चुनाव औचित्यहीन रहेको विज्ञप्ती निकाल्न सहमत भएपछि छोडिएको थियो।
नागरिक
प्रतिक्रिया दिनुहोस् >>