माओवादीको बन्द ध्वंसात्मक बन्दै

फाइल तस्बिर
काठमाडौं / नेकपा माओवादीको आन्दोलन ध्वंसात्मक बन्दै गएको छ। बन्दकर्ताहरु आगजनीमा उत्रेका छन् । सोमबारको घटना दोहोर्याउँदै आज बिहानै चितवनको मुग्लिङमा यात्रुवाहक बसमा आगजनी भएको छ । सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना ४ ख ४७३४ नम्बरको बसलाई राकेर नेकपा माओवादी बन्दकर्ताले आगजनी गरेका हुन ।
 
आगजनी हुन थालेपछि यात्रुहरु चिच्याउँदै हामफालेर बसबाट बाहिरिएका थिए । करिव दश जनाको संख्यामा आएको  समुहले बसमा आगो लगाएर भागेको  मुग्लिङ प्रहरीले जनाएको छ । प्रहरीले यात्रुको सहयोगमा बसमा आगो निभाएको थियो ।
 
बसको अगाडीको भाग आगलागीबाट पुरै जलेको छ । यातायात बन्दका कारण यात्रुहरु समस्यामा परेका छन् । हिजो आमहड्ताल खुलेपछि हिडेका रात्रीबसहरु बढी समस्यामा परेका छन् । राजमार्गमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेपनि बन्दकर्ता सुरक्षा छलेर गाडी तोडफोड र आगजनीमा उत्रेका छन् ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>