प्रहरीले एमालेका युवालाई कुटपिट गरे
Posted by
purwanews
Published on
Monday, November 18, 2013
रोल्पा । प्रहरीले होलेरीबाट एमालेका एक कार्यकर्तालाई आइतबार राति नियन्त्रणमा लिई निर्घात कुटेको छ । कोठामा सुतिरहेको अवस्थामा प्रहरीले एमालेका युवा कुलबहादुर बुढामाथि नियन्त्रणमा लिई कुटेको एमालेले जनाएको छ ।
प्रहरीले डुब्रिङ १ का बुढामाथि एमाओवादीको होलेरीस्थित पार्टी कार्यालयमा ढुंगा हानेको आरोप लगाएको छ । चार दिन अघि नुवागाउमा एमाले कार्यकर्तामाथि एमाओवादीका वाईसीएलले आक्रमण गरेपछि आक्रोशित भएका एमाले कार्यकर्तामाथि पुनः प्रहरीले कुटपिट गरेपछि एमाले क्षेत्र नं २ का कार्यकर्ता आक्रोशित भएको एमाले जिल्ला कमिटी सदस्य शान्तराज बोहराले बताए ।
स्थानीय जलजला होटेलमा सुतेका बेला प्रहरीले नियन्त्रणमा लिई कुटेको हो । यसको हाम्रो पार्टीले विरोध र भ्रत्र्सना गरेको छ, एमाले उमेदवार कुमार दशौदीले भने, कुलबहादुरलाई प्रहरीले बाहिर वोलाएर कुटपिट गरेको हो ।
कुटाईबाट बुढाको मेरुदण्ड भाँचिएको हुनसक्ने एमालेले जनाएको छ । बुढालाई आइतबार राति नै उपचारका लागि एम्बुलेन्समार्फत् नेपालगञ्ज लगिएको छ । उनको बायाँ आँखामा समेत चोट लागेको छ । उनको शरीरभर रगत छ ।
यता प्रहरीले भने अमर्यादित व्यवहार हुँदा बल प्रयोग गर्नु परेको दाबी गरेको छ । कुटपिट मा संलग्न प्रहरी जवान हुर्मत अधिकारीलाई हिरासतमा लिई छानविन थालिएको प्रहरीले जनाएको छ ।
एमाओवादीको कार्यालयमा आइतबार दिउसो ढुंगा हानेको आरोपमा प्रहरीले बुढामाथि कुटपिट गरेको गाउँलेहरुले जानकारी दिए ।
दक्षिण रोल्पाको होलेरीमा विभिन्न पार्टीका कार्यकर्ताको बाक्लो उपस्थिति भएकाले झडप हुन सक्ने स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस् >>