कति मत खस्यो आयुक्त ज्यू ?
Posted by
purwanews
Published on
Thursday, November 28, 2013
संविधान सभा निर्वाचनका लागि निर्वाचन आयोगले १५ अर्ब रुपैयाँभन्दा बढीको बजेट र ४ लाखभन्दा बढी जनशक्ति परिचालन गर्यो । तर निर्वाचनमा जम्मा कति मत खस्यो, निर्वाचन आयोगले भन्न सकेको छैन । समानुपातिकमा मतसंख्या बढी देखिएपछि आयोगसामु यो प्रश्न अझ टड्कारो उठेको छ ।
समानुपातिक मात्र हैन, चार दिनअघि नै गणना सकिएको प्रत्यक्ष तर्फको कूल मतदाता कति थिएरु सदर मत र बदर मत कति हो भन्ने समेत आयोगले बताउन सकेको छैन।
‘प्रत्यक्षमा ९० लाख हाराहारी मतदान भएको छ भन्ने हाम्रो अनुमान हो,’ राईले भने, ‘आइटी (सूचना प्रविधि) शाखाले यसलाई जोड्ने काम गरिरहेको छ ।’
आयोग प्रवक्ताकै शब्दमा अहिलेसम्म आयोगसँग ‘लमसम फिगर’ मात्र छ। निर्वाचन सम्पन्न भएको दिनको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त निलकण्ठ उप्रेतीले दिएको ‘लमसम’ तथ्याङ्क र अहिले आनको तान फरक परिसकेको छ ।
मंसिर ४ गते साँझ भएको पत्रकार सम्मेलनमा आयोगले ६५ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको थियो। त्यसअनुसार ७८ लाख चानचुन मतदान भएको हुनुपथ्र्यो। कुल मतदाता १ करोड २१ लाख छन्। भोलिपल्ट आयोगले त्यो तथ्य सुधार्यो र ७० प्रतिशत आसपास भन्यो। त्यसअनुसार ८५ लाख आसपास मतदान भएको हुनुपर्ने हो।
त्यसमा पनि आयोग नराम्ररी फेल खाने देखिएको छ। किनकि कुल ९३ लाख ७७ हजार ५ सय १९ मत सदर भएको कांग्रेसले २४ लाख १२ हजार ८ सय ८७ मत पाएको छ । एमालेले २२ लाख ३० हजार ४ सय ६ मत पाएको छ भने तेस्रो स्थानमा रहेको माओवादीको १४ लाख २७ हजार ६४६ मत छ ।

प्रतिक्रिया दिनुहोस् >>