निर्वाचनमा भागलिन राष्ट्रपतिको आग्रह
Posted by
purwanews
Published on
Monday, November 18, 2013
काठमाडौ । राष्ट्रपति रामवरण यादवले भोलि मंगलवार हुन गैरहेको संविधान सभाको निर्वाचनमा निर्भिकता र उत्साहपूर्वक मताधिकार प्रयोग गर्न सम्पूर्ण देशबासी लाई आह्वान गरेका छन् ।पहिलो संबिधानसभाले देशलाई लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण गरेको बताउदै राष्ट्रपतिले यस अघिको उपलब्धिको रक्षा गर्दै संविधान निर्माण गर्ने अभियान सफल बनाउने जिम्मा दोस्रो संविधानसभाको हुने उल्लेख गरेका छन् । आफ्नो संबिधान आफैँ बनाउने जनताको सपनालाई साकार तुल्याउन संबिधानसभाभन्दा राम्रो विकल्प अरु हुन सक्दैन,' निर्वाचनको अघिल्लो दिन राष्ट्रपतिद्वारा जारी सन्देशमा भनिएको छ, 'राजनीतिक दल, उम्मेदवार र मतदातालगायत सम्पूर्ण नेपालीहरुले मताधिकारको सदुपयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।'
निर्वाचनबिना राजनीतिक अभ्यासले मात्रै नागरिकको आकांक्षाको प्रतिनिधित्व गर्न नसक्ने जारी विज्ञप्तीमा भनिएको छ ।
पहिलो संबिधानसभाको बिघटनपछिको जटिल परिस्थितिमा हुन लागेको निर्वाचन सफल बनाएर विश्व समुदायलाई नेपाली सक्षम छौं भन्ने उदाहरण प्रस्तुत गर्नुपर्ने भन्दै राष्ट्रपतिले सुदृढ सम्बन्धको लागि पनि आह्वान गरेका छन् ।
'पहिलो संबिधानसभाबाटै निकास निस्कन नसकेकोमा हामी दुखी छौं', विज्ञप्तीमा भनिएको छ, 'सो सभाले हासिल गरेको केही महत्त्वपूर्ण उपलब्धिलाई बिर्सन मिल्दैन् ।' उनले पहिलो संबिधानसभाले लडाकु व्यबस्थापन गर्दै शान्ति प्रक्रिया टुंग्याउन भूमिका खेलेको स्मरण गरे ।
प्रतिक्रिया दिनुहोस् >>