नक्कली प्रमाण पत्र पेस गर्ने दुई सैनिक जर्नेल बखास्त
Posted by
purwanews
Published on
Friday, November 15, 2013
काठमाडौं । सैनिक अदालतले झुठा कागजात पेस गरेको ठहर गर्दै उपरथी प्रेमप्रकाश थापामगर र सहायक रथी हेम खत्रीलाई सेवाबाट बर्खास्त गरेको छ। मगरलाई भविष्यमा सरकारी सेवाका लागि योग्य र खत्रीलाई सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
विभिन्न मित्र राष्ट्रबाट नेपाली सेनालाई प्राप्त उच्चस्तरीय तालिममा सहभागी हुने उम्मेदवार छनोटमा अनियमितता भएको सम्बन्धमा छानबिन गर्दा उनीहरू दोषी देखिएका हुन् । उनीहरूविरुद्ध उजुरी परेपछि उपरथी राजेन्द्र क्षेत्रीको अध्यक्षतामा कोर्ट अफ इन्क्वायरी गठन गरिएको थियो ।
कोर्ट अफ इन्क्वायरीले पेस गरेको राय अनुसार पूर्वी पृतना मुख्यालयका सहायक रथी खत्री र तत्कालीन सैनिक सचिव र हाल निरीक्षणाधिकृत मगरले बदनियतपूर्ण ढंगले नक्कली प्रमाणपत्र र झुठा विवरण पेस गरेको आरोपमा अभियोगपत्र दायर भएपछि सम्भाररथी प्रदिपविक्रम राणाको अध्यक्षतामा ६ सदस्यीय समरी जनरल सैनिक अदालत गठन भएको थियो । अदालतले गरेको फैसला प्रधानसेनापतिबाट कात्तिक २७ गते सदर भएपछि उनीहरू बर्खास्त भएका छन् ।
खत्रीले पाकिस्तानमा सञ्चालित एक सैन्य तालिममा सहभागी हुन स्नातक तह उत्तीण गरेको भनी भारतको मगध विश्वविद्यालयको नामको नक्कली मार्कसिट र प्रमाणपत्र पेश गरेका थिए । उनलाई सैनिक ऐन, २०६३ को दफा ५५ को खण्ड ९घ० अनुसार कारबाही गरिएको हो । यस्तै उपरथी मगरलाई खत्रीले पेश गरेको शैक्षिक प्रमाणपत्रको आधिकारिकता यकिन गर्नुपर्ने कर्तव्य र दायित्वबाट पछि हटी लापरवाही गरेको आरोपमा बर्खास्त गरिएको हो ।

प्रतिक्रिया दिनुहोस् >>