उम्मेदवार गायब : अपहरणको शंका

पसुपतीनगर/चुनाव विरोधी संगठनहरुले बन्द लगायतका हिंसात्मक गतिविधि अघि बढाइरहेका बेलामा इलाम–३ का संघीय लिम्बूवान राज्य परिषदका उम्मेदवार गोपाल थेवे मंगलबार साँझ झापाको विर्तामोडबाट सम्पर्क विहीन भएका छन् । झापा–३ बाट पनि उम्मेदवार रहेका थेवे चुनाव प्रचारका शिलशिलामा झापा पुगेका थिए ।
मंगलबार बेलुका विर्तामोडबाट ०२३–५४२९६१ नम्बरको टेलिफोनबाट परिषदका केन्द्रीय अध्यक्ष सञ्जुहाङ्ग पालुङ्ग्वालाई फोन गरेर एक व्यक्तिले थेवे आफ्नो कब्जामा रहेको जानकारी दिएको परिषदका इलाम अध्यक्ष डम्बर लोरेङ्ग्देनले बताए ।
यता इलामका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले उक्त टेलिफोनमा फोन गर्दा त्यो फोन पसलको रहेको र एउटा व्यक्तिले फोन गरेर पैसा तिरेर बाहिरिएको जानकारी दिएको बताए । प्रजिअ खतिवडाका अनुसार थेवेको अवस्था अज्ञात छ ।
थेवे सम्पर्क विहिन भएपनि अपहरण नै भएको पुष्टि भने हुन बाँकी छ । चुनावताका चर्चामा आउनको लागि पनि उम्मेदवारहरुले आफैले अपहरणको हल्ला फिँजाएको समेत हुनसक्ने पुर्वन्यूजका झापा समाचारदाता पंकज शर्मा बताउँछन् । ‘पूर्ण अनुसन्धान नभइ अपहरण नै भएको हो भन्ने यकिन हुन सक्दैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>