कांग्रेस सभापति कोइराला प्रचण्डलाई फकाउदै

काठमाडौं, निर्वाचन परिणामबाट विच्कीएर संविधानसभा बाहिर रहने धम्की दिदै आएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाले भेटेर फकाउन थालेका छन ।
आफ्नो निर्वाचन क्षेत्रहरु बाँके र चितवनबाट निर्वाचित भएपछि प्रमाणपत्र ग्रहण गरी आइतबार मात्रै राजधानी आएका सभापति कोइरालाले आइतबार बिहानै अध्यक्ष दाहाललाई उनकै निवास लाजिम्पाटमा पुगेर एमाओवादी पार्टीको पछिल्लो निर्णयमा पुर्नविचार गर्न आग्रह गरेका हुन ।
दाहालसँगको भेटमा कोइरालाले निर्वाचनको परिणाम जे जस्तो भएपनि संविधानसभामा सहभागी भएर विद्यमान राजनीतिक अन्यौलताको अन्त्यका लागि सहयोग गर्न आग्रह गरेका थिए ।
स्रोतका अनुसार कोइरालाले संविधानसभामा कांग्रेस र एमालेको संख्या बढि भएपनि संविधान निर्माण र राजनीतिक निकासका लागि एमाओवादीलाई पाखा लगाएर अगाडि नबढ्ने आश्वासन दिएका थिए ।
निर्वाचनको प्रारम्भिक परिणाम आउन थालेपछि धाँधलिको आरोप लगाउदै मतगणना प्रक्रियाबाट बाहिरिएको एमाओवादीले निर्वाचनको प्रक्रिया र परिणामबारे पार्टीको आधिकारिक धारणा तय गर्न सोमबार दिउसो पनि केन्द्रीय समितिको बैठक जारी छ । दाहाल निवासमा.काठमाडौं,निर्वाचन परिणामबाट विच्कीएर संविधानसभा बाहिर रहने धम्की दिदै आएका एमाओवादी अध्यक्षई पुष्पकमल दाहाललाई नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाले भेटेर फकाउन थालेका छन ।
आफ्नो निर्वाचन क्षेत्रहरु बाँके र चितवनबाट निर्वाचित भएपछि प्रमाणपत्र ग्रहण गरी आइतबार मात्रै राजधानी आएका सभापति कोइरालाले आइतबार बिहानै अध्यक्ष दाहाललाई उनकै निवास लाजिम्पाटमा पुगेर एमाओवादी पार्टीको पछिल्लो निर्णयमा पुर्नविचार गर्न आग्रह गरेका हुन ।
दाहालसँगको भेटमा कोइरालाले निर्वाचनको परिणाम जे जस्तो भएपनि संविधानसभामा सहभागी भएर विद्यमान राजनीतिक अन्यौलताको अन्त्यका लागि सहयोग गर्न आग्रह गरेका थिए ।
स्रोतका अनुसार कोइरालाले संविधानसभामा कांग्रेस र एमालेको संख्या बढि भएपनि संविधान निर्माण र राजनीतिक निकासका लागि एमाओवादीलाई पाखा लगाएर अगाडि नबढ्ने आश्वासन दिएका थिए ।
निर्वाचनको प्रारम्भिक परिणाम आउन थालेपछि धाँधलिको आरोप लगाउदै मतगणना प्रक्रियाबाट बाहिरिएको एमाओवादीले निर्वाचनको प्रक्रिया र परिणामबारे पार्टीको आधिकारिक धारणा तय गर्न सोमबार दिउसो पनि केन्द्रीय समितिको बैठक जारी छ ।

प्रतिक्रिया दिनुहोस् >>

Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>