यी हुन् सबैभन्दा बढी कर व्यक्ति
Posted by
purwanews
Published on
Monday, November 25, 2013
काठमाडौं, आर्थिक वर्ष २०६८/०६९ मा सरकारलाई व्यक्तिगत रुपमा सिद्धार्थशम्शेर राणा र कम्पनीतर्फ नेपाल टेलिकमले सबैभन्दा बढी कर बुझाएका छन्। दोस्रो कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले शनिबार गरेको कार्यक्रममा सरकारले सबैभन्दा बढी कर तिरेको भन्दै व्यक्तिगतमा राणा र कम्पनीमा टेलिकमलाई सम्मान गरेको हो।
तर उनीहरुले तिरेको कर रकम भने विभागले सार्वजनिक गरेको छैन। सरकारले करदातालाई प्रोत्साहित गर्ने र बढी कर तिर्नेलाई सम्मान गर्ने परम्परा सुरु गरेको छ।
राणाले आर्थिक वर्ष २०६८/०६९ मा भएको कमाइबाट व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर बुझाएका हुन्। त्यसअघि सबैभन्दा बढी आम्दानी गर्नेमा बैंकर पृथ्वीबहादुर पाण्डे थिए। टेलिकमले आयकरसँगै सबैभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट) सरकारलाई तिरेको थियो। टेलिकमले आथिर्क वर्ष २०६८/०६९ मा सबैभन्दा धेरै भ्याट र आयकर बुझाएको आधारमा सम्मान गरिएको विभागले जनाएको छ। टेलिकमले सो वर्ष भ्याट र आयकर गरी ६ अर्ब रुपैयाँ राजस्व बुझाएको थियो। अघिल्लो वर्ष पनि टेलिकमले नै सरकारलाई सबैभन्दा बढी कर तिरेको थियो।
विभागले सबैभन्दा बढी अन्तःशुल्क बुझाउने कम्पनी सूर्य नेपाललाई पनि सम्मान गरेको छ। सूर्य नेपालले चुरोट उत्पादनबापत सरकारलाई सबैभन्दा बढी अन्तःशुल्क तिरेको थियो। सार्वजनिक संस्थानतर्फ सबैभन्दा बढी कर बुझाउनेमा कृषि विकास बैंक परेको छ। बैंक तथा वित्तीय क्षेत्रबाट एभरेस्ट बैंक लिमिटेड एक नम्बरमा छ। उद्योग क्षेत्रबाट सबैभन्दा बढी आयकर युनिलिभर लिमिटेडले बुझाएको छ।
सुरुदेखि हालसम्म अविछिन्न भ्याट बुझाउनेमा गणपति बक्स इन्डस्ट्रिज अग्रस्थानमा छ। २०१७ सालदेखि हालसम्म आयकरमा अविछिन्न योगदान पुर्याएको भन्दै विराटनगरको महालक्ष्मी ज्वेलरीलाई सम्मान गरिएको छ।
कार्यक्रमा अर्थमन्त्री शंकरप्रसाद कोइरालाले बढी कर तिर्नेलाई कदरपत्रसहित सम्मान गरेका थिए। कार्यक्रममा अर्थमन्त्री कोइरालाले संविधानसभाको चुनाव आर्थिक विकासको प्रस्थानबिन्दु भएकाले यसलाई सफल पार्न सबैको सहयोग आवश्यक रहेको बताए। उनले मुलुकको अर्थतन्त्र बिग्रन नदिई निर्वाचित सरकारलाई सबल अर्थतन्त्र जिम्मा लगाउनु यो सरकारको कर्तव्य भएको बताए।
राजनीतिक र व्यावसायिक क्षेत्रमा संकट आए पनि राजस्व अभियान तीव्र भएको छ, उनले भने। उनले कर र भन्सारप्रति जनमानसको हेर्ने दृष्टिकोण गलत भएकाले त्यो छवि सुधार्न कर्मचारीको आचरणमा परिवर्तन ल्याउन आवश्यक भएको समेत बताए।
करदाताका धेरै समस्यालाई बजेटले सम्बोधन गरेको, इँटा व्यवसायी र सञ्चारकर्मीलाई पनि दायरामा ल्याउने प्रयास भएको र शिक्षित करदाता बढाउने अभियान थालिएको भन्दै मन्त्री कोइरालाले थपे, करदाता र कर प्रशासकबीच समस्या समाधान गर्ने मैत्रीपूर्ण व्यवहार सरकारको लक्ष्य हो ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा। युवराज खतिवडाले कर तिराउने हैन, कर तिर्नेको आय क्षमता बढाउनेतर्फ वित्तीय र मौद्रिक प्रयास थाल्नु आवश्यक भएको बताए।
अर्थसचिव शान्तराज सुवेदीले जनसंख्याअनुसार कम्तीमा १३ लाख करको दायरामा आउनुपर्नेमा त्यो संख्या १० लाखमा सीमित रहनुले सन्तोष गर्ने ठाउँ नभएको भन्दै यस विषयमा निजी क्षेत्र संवेदनशील हुनुपर्ने बताए। कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष नरेन्द्र बस्न्यात र उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भाष्करराज राजकर्णिकारले सामाजिक उत्तरदायित्वसहितको व्यवसायलाई निजीक्षेत्रले प्रोत्साहित गरेको भन्दै यसको आवाजलाई सरकारले सम्मान गरेकोमा खुसी व्यक्त गरे।
आन्तरिक राजस्व विभागका महानिर्देशक टंकमणि शर्माले उच्च व्यावसायिक नैतिकता प्रदर्शन गर्न निजीक्षेत्रलाई आग्रह गर्दै विभाग धम्क्याएर हैन, फकाएर करको दायरा बढाउन क्रियाशील रहेको बताए।
कार्यक्रममा कर जागरण अभियानमा उल्लेख्य सहभागिता जनाएको भन्दै ग्याँस विक्रेता महासंघ, नेपाल सुर्तिजन्य पदार्थ उत्पादक संघ, नेपाल निर्माण सामग्री महासंघ, नेपाल इँटा उत्पादक व्यवसायी महासंघ र उपभोक्ता हित संरक्षण मञ्चलाई सम्मानित गरिएको छ।
कार्यक्रममा आन्तरिक राजस्व विभाग र कार्यालयअन्तर्गतका उत्कृष्ट कर्मचारीलाई पनि सम्मानित गरिएको छ। उत्कृष्ट कार्यसम्पादन गर्ने चन्द्रकला पौडेल, खिमबहादुर कार्की, प्रेम उपाध्याय, गोविन्दबहादुर बानियाँ, राजु प्याकुरेल, धुव्रप्रसाद पाण्डे, शशि भट्टराई, मनोजकुमार पाण्डे, सुशीला ढकाल, प्रेमकष्ण श्रेष्ठ र रामनारायण राउतलाई सम्मान गरिएको छ।
त्यसैगरी, कर क्षेत्रमा विशिष्ट योगदान पुर्याएबापत विभागका पूर्व महानिर्देशकहरु अवनिन्द्र श्रेष्ठ, दीप बस्न्यात, रणबहादुर श्रेष्ठलाई सम्मान गरिएको छ।

प्रतिक्रिया दिनुहोस् >>