' निर्वाचन परिणामलाई स्वीकार गर ' : अमेरिका

काठमाडौं । अमेरिकाले एकीकृत माओवादीलाई निर्वाचन परिणामलाई स्वीकार गर्न आग्रह गरेको छ । अमेरिकी राजदूत पिटर डब्लु बोडीले आज बिहान एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटी मत परिणामलाई स्वीकार गर्दै संबिधानसभामा सहभागी हुन आग्रह गरेका हुन  ।  

भेटमा प्रचण्डले आफूहरु शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन प्रतिबद्ध रहेको तर त्योभन्दा अघि निर्वाचन प्रक्रिया पुनरावलोकन गर्नुपर्ने आफ्नो मागको सम्बोधन हुनुपर्ने जिकिर गरेका छन् । यसअघि बिहिबार बिहानै भारतीय राजदूत रञ्जित रेले पनि प्रचण्डलाई भेटी मत परिणामलाई स्वीकार गर्न आग्रह गरेका थिए


युरोपेली निर्वाचन पर्यवेक्षण नियोगले पनि आफ्नो प्रारम्भिक नतिजा सार्वजनिक गर्ने क्रममा प्रचण्डलाई लोकतान्त्रिक पद्धतिअनुसार आफ्नो असन्तुष्टि व्यक्त गर्न आग्रह गरेको थियो भने अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टरले पनि प्रमाणसहित कानून अनुसार आफ्नो आरोप पुष्टि गर्न सुझाव दिएका थिए  ।

काठमाडौं क्षेत्र नं। १० को मत गणनामा आफू पछाडि परेपछि प्रचण्डले गत बुधबार आधा रातमै मत गणना बहिष्कार गरी गणनास्थलबाट वाहिरिएका थिए । त्यसको लगत्तै बिहीबार बिहान एमाओवादीले पत्रकार सम्मेलन गरी मत गणनामा धाँधली भएको र देशी तथा विदेशी षड्यन्त्र भएको आरोप लगाउँदै सम्पूर्ण निर्वाचन प्रक्रियाबाट बाहिरिने निर्णय गरेकोे थियो ।



प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>