निर्वाचनको मौन अवधि सुरु

काठमाडौँ । निर्वाचन आयोगले आसन्न निर्वाचनको मौन अवधिमा कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचनको प्रचारप्रसार हुने गरी सूचना वा समाचार सम्प्रेषण, प्रकाशन र प्रसारण नगर्न आग्रह गरेको छ । 

मङ्सिर ४ को निर्वाचनका लागि शनिबार राति १२ बजेबाट मौन अवधि सुरु भएको छ । यस अवधिमा कुनै राजनीतिक दल वा उम्मेदवारले पनि निर्वाचनको प्रचारप्रसार, सभा, सम्मेलन, मतदातालाई प्रभाव पार्ने खालका कुनै पनि गतिविधि गर्न पाउँदैनन् । निर्वाचन आयोगद्वारा निर्वाचन प्रयोजनका लागि साउन ७ गते जारी आचारसंहितामा मौन अवधि भन्नाले “मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन अन्तिम मतदान केन्द्र बन्द नहुन्जेलको समय सम्झनु पर्छ” भन्ने उल्लेख गरिएको छ । 

    तर यस अवधिमा निर्वाचन आयोगले प्रवाह गरेको सूचना तथा समाचार सम्प्रेषण, प्रकाशन वा प्रसारण गर्न भने पाइने उल्लेख गरिएको छ । निर्वाचन आयुक्त इला शर्माले मौन अवधिमा राजनीतिक दल र उम्मेदवारका पक्ष ÷ विपक्षमा सूचना वा समाचार सम्प्रेषण, प्रकाशन र प्रसारण नगर्न आम सञ्चारमाध्यमलाई आग्रह गरिन । उनले भनिन “सबै आम सञ्चारमाध्यम र सञ्चारकर्मीबाट यसको पालना हुनेमा निर्वाचन आयोग विश्वस्त छ ।” 

आयुक्त शर्माले मौन अवधिले निर्वाचनको स्वच्छता, निष्पक्षता र शुद्धतामा विशेष महत्व राख्ने हुनाले यस अवधिमा निर्वाचनको प्रचार, सभा सम्मेलन, मतदातालाई प्रभाव पार्ने खालका कुनै पनि गतिविधि नगरी आचारसंहिता पालना गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रहसमेत गरेकी छन । 

मतदातालाई कुन राजनीतिक दल र उम्मेदवारलाई मत खसाल्ने भन्ने सोच्ने समयलाई मौन समय भन्ने गरिन्छ । नेपाल सरकारका सचिव मधु रेग्मीले आयोगद्वारा आयोजित पत्रकार सम्मेलनमा मौन अवधिमा आम सञ्चारमाध्यमले थप सन्तुलित र निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने बताए । 

     आयुक्त शर्माले आचारसंहिता उल्लङ्घनका सबै घटनामा आवश्यक कारबाहीका लागि आयोग दृढ रहेको भन्दै दल विशेषका चुनावीसभाको प्रत्यक्ष प्रसारण र एकपक्षीय समाचार सामग्री सम्प्रेषण भइरहेका उजुरीका आधारमा ४ वटा टेलिभिजन र एउटा एफएम रेडियोसँग स्पष्टीकरण सोधिएको बताइन। 


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>