धरानमा कांग्रेसको चुनावी आमसभा ।
Posted by
purwanews
Published on
Thursday, November 14, 2013
सन्जिव वाग्ले / धरान
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले माओवादी र मधेसी दलका कारण पहिलो संविधान सभाबाट संविधान बन्न नसकेको बताएका छन ।
आज धरानको चुनावी आमसभालाई सम्बोधन गर्दै नेता कोइरालाले उक्त कुरा बताएका हुन ।
चुनाबी सभालाई सम्बोधन गर्ने क्रममा कोइरालाले भने "एमाओबादी र मधेसबादी दलको हठ र अपरिपक्कता र अबरोधका कारण संबिधान बन्न नसकेको हो ।"
बिपी प्रतिस्ठानमा रहदा आफुले धरानमा १२ बर्ष बिताएको बताउदै कोइरालाले भने "यो क्षेत्रबाट कांग्रेसले कहिल्यै माया नपाए पनि धरानका जनताका लागि विपी कोइराला स्वास्थ्य प्रतिष्ठान जस्तो देशकै गौरवको रुपमा रहेको संस्था दिएको छ ।" उनले अहिलेको निर्वाचनबाट प्रत्यक्ष तर्फका उम्दवार चन्द्र प्रसाद श्रेष्ठलाई जिताएको खण्डमा धरानको विकासको जिम्मेवारी आफु लिने समेत बताउंदै एक घर एक रोजगारको ग्यारेन्टी गर्ने बताए ।
नेपाली जनताको मत हाल्ने अधिकारलाई अब कसैले कुन्ठित गर्न नसक्नै बताउदै उनले मुलुक चुनाबमय भईसकेकोले जुनसुकै हालतमा भएपनि अब निर्वाचन भएरै छाड्ने ठोकुवा गरे । काग्रेसले बहुमत ल्याए मात्र नेपाली जनताको हितमा संबिधान बन्ने समेत कोईरालाको दावी छ ।
सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिना सङ्रौलाले काग्रेसको सभासद सङ्ख्या अर्थात सिट कम भएकै कारणले यसअघि संविधान बन्न नसकेको बताइन । मुलुकमा दुई बिचारधारा बिच संघर्स चलिरहेको बताउदै सङ्रौलाले यो संघर्समा लोकतन्त्रकै जित हुने बताइन । अब भने काग्रेसले दुई तिहाई बहुमत ल्याउने र सबैले जितेको महशुस हुने संविधान निर्माण गरिछाड्ने उनको दाबी छ।
कङ्ग्रेसका युवानेता गुरुराज घिमिरेले पहिलो संबिधान सभामा माओवादीले सपनामै नसोचेको सफलता पाएकोले माओवादी पुल्पुलिएर बिग्रिएका कारण संबिधान बन्न नसकेको बताए । सोभियत संघमा १९१८ मा कम्युनिस्ट पार्टीले बहुमत हासिल गर्न नसकेका कारण लेलिनले संबिधानसभा भंग गरेको उल्लेख गर्दै घिमिरेले संबिधानसभालाई माओवादीले उनिहरुले रणनितीक भर्र्याङ् मात्र बनाएको दाबी गरे । त्यसैगरी काङ्ग्रेसका डा. गोविन्द सुब्बाले माओवादीले आफ्नो स्वार्थ पुरा गर्न जनजाती र गैरजनजाती बीच झगडा लगाएको बताए । उनले भने " यिनिहरु हामीलाई लडाएर आफ्नो स्वार्थ पुरा गर्न खोज्दै छन। हाम्रा जनजातिका मान्छेहरु यिनीहरुले जातिय राज्य दिदैछन भनेर विश्वाश नगरनुस्।"
कार्यक्रममा काङ्ग्रेसका धरान नगर सभापति किसोर राइले नेपाली काङ्ग्रेसको ६० बर्ष पुरानो सपना पुराहुन लागेको बताउदै संघिय लोकतान्त्रिक गणतन्त्रलाई सस्थागत गर्न यो पटक कङ्रग्रेसको जित सुनिस्चित रहेको बताए । सुकुम्बासीहरुलाई बाम्पन्थीहरुले जहिले पनि भोट् ब्याङ्कको रुपमा प्रयोग गरीरहेको बताउदै राइले अहिले बसिरहेकै ठाउँमा सधैंलाई बस्न पाउने सुनिस्चित्ता दिलाउने बताए । सुकुम्बासीहरुले बनाउन लागेको राष्ट्रिय अस्पाताल निर्माणका सहयोग गर्न काङ्ग्रेसका प्रत्तेक सदस्य तयार रहेको जनाउदै उनले काङ्ग्रेसलाई दिए आफ्ना प्रतिबद्दता कुनै हालतमा पनि पुरा गर्ने दाबी गरे ।
सभामा सुनसरी क्षेत्र नम्बर १ का प्रतयक्ष तर्फका उम्म्दार चन्द्र श्रेष्ठ , समानुपातीककी उमेद्वार मिना सुब्बा र मिन बहादुर बिस्वकर्माले समेत आफुलाई विजयी गराएको खण्डमा लोकतान्त्रिक संबिधान बनाउने साथै धरानका खानेपानी , सुकुम्वासी लगाएत अधिकांश समस्या समाधान गर्ने बताए
।
सुनसरी क्षेत्र नं १ अन्तर्गत पर्ने धरानमा नेपाली कांग्रेसले घर दैलो कार्यक्रम सकेर गरेर चुनावी आमा सभाको आयोजना गरेको हो । उक्त आमसभामा जिल्ला स्तरीय नेता तथा अन्य कार्यकर्ताहरुको उल्लेखिय उपस्थिती रहेको थियो ।
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले माओवादी र मधेसी दलका कारण पहिलो संविधान सभाबाट संविधान बन्न नसकेको बताएका छन ।
आज धरानको चुनावी आमसभालाई सम्बोधन गर्दै नेता कोइरालाले उक्त कुरा बताएका हुन ।
| चुनाबी आमसभालाई सम्भोधन गर्दै कङ्ग्रेस नेता डा. शेखर कोइराला । |

प्रतिक्रिया दिनुहोस् >>