छोरालाई भोट माग्दै सुर्यबहादुर थापा

धनकुटा, पुर्व प्रधानमन्त्री एवं राप्रपाका अध्यक्ष सुर्यबहादुर थापा छोरालाई चुनाव जिताउन गृहजिल्ला धनकुटा पुगेका छन्। आधा दर्जन भन्दा बढी प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरिसकेका अध्यक्ष थापाले यसपटकको निर्वाचनबाट विश्राम लिदै छोरा सुनिलबहादुर थापालाई उम्मेदवार बनाएका छन्।
बुधबार धनकुटा आइपुगेका थापाले सिधुवा बजारमा आयोजित चुनावी सभामा सहभागिता जनाएका थिए। त्यस्तै आँखिसल्लाको थलथले, पाख्रीबास र अर्खौले जितपुरको कार्यक्रममा समेत सहभागी हुने उनको कार्यक्रम रहेको छ।
'मेरो छोरा भनेकै धनकुटाको छोरा हो। त्यसैले मलाई सम्झेर भोट दिन अनुरोध गर्दछु,' थापाले बताए। 

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>