सचिनको अन्तीम खेल
Posted by
purwanews
Published on
Thursday, November 14, 2013
महान् खेलाडी भारतीय क्रिकेटर सचीन तेन्दुलकरले आज टेस्ट क्रिकेटबाट सन्यास लिँदैछन् । खेल जीवनको २०० औं टेस्टसँगै उनले विदाइ लिँदैछन् । विदाइमा भारतीय खेलप्रेमीहरु भावुक बनेका छन् ।
सचीनको अन्तीम खेल मुम्बइको वानखेडे मैदानमा हुँदैछ ।
सचिनको रेकर्ड :
- एकदिवसिय क्रिकेटमा सर्वाधिक रन – १८ हजार ४ यस २६
- टेस्ट म्याचमा ५१ सतक
- ओडिआईमा स४९ सतक
- ओडीआईमा ६२ पटक म्याच अफ दि म्याचको अवार्ड
- ओडिआईमा १८ हजार भन्दा बढी रन प्रहार गर्ने विश्वका एक मात्र खेलाडी खेलाडी
- विश्वकपमा सर्वाधिक रन जोड्ने खेलाडी । विश्वकपमा उनले २ हजार २ सय ७८ रन जोडेका छन् ।
- उनी अहिलेसम्म १ सय ९९ टेस्ट खेलिसकेका छन् । ४ सय ६३ ओडिआई
- ओडिआईमा दोहोरो सतक प्रहार गर्ने पहिलो खेलाडी
- ६ वटा विश्वकप खेल्ने विश्वका दोस्रो खेलाडी । उनले १९९२ देखि २०११ सम्म विश्वक खेले ।
- १९९० देखि अप्रिल १०९८ सम्म तेन्दुलकरले १स य ८५ म्याच खेल्दै विश्व रेकर्ड राखे ।
- एउटै क्यालिन्डर बर्ष १९९८ मा उनले ९ सतक प्रहार गरे ।
- ३० हजार अन्तर्राष्ट्रिय रन बनाउने पहिलो खेलाडी
सर्वाधिक ठूलो लोकतान्त्रिक देशका लागि यी छोटो कदका सचिनले ठूला ठूला रेकर्ड राखेर क्रिकेटको बादशाह बनेका छन् । स्वामी विवेकानन्द, लाल बहादुर शास्त्री, छत्रपति शिवाजी, सुनी गावस्कर अथवा विश्वनाथ नामले सबै भारतीयले जप्द थीए । अब सचिन तेन्दुलकरको नाम पनि अमर हुने छ । सतकको सतक प्रहार गर्नु क्रिकेटमा मुश्किल छ तर सचिनले त्यो गरे । टेस्ट क्रिकेटमा त असम्भव नै मानिन्छ । तर सचिनले त्यो असम्भवलाई सम्भव र सत्यतामा बदलिदिएर सम्पूर्ण क्रिकेटरको मन मस्तिकमा बसे ।
लोभ, बेइमानी, भष्ट्राचार, चरित्रहिनाता र अवसरवाद जस्तो आजको दुषित वातावरणमा सचिनको दृढ मानसिकता, परिपक्कता र योगिको जस्तो एकाग्रताले नयाँ सम्भावना जगाइदिएको भान हुन्छ । उनको यो व्यक्तीत्व खेलमा मात्र होइन सबै असल मानिसका लागि उपयोगी छ । त्यसैले त उनलाई सबैले क्रिकेटका भगवान भनेर स्वीकारे । यस्तो प्रतिभाशाली व्यक्तीत्व विरलै जन्मन्छन् ।
वसीम अकरम, इमरान खान, वकार यूनुस, शोएब अख्तर, ब्रेट ली र एलन डाँनल्डजस्ता आँधीले पनि उनलाई विचलीत गर्न सकेन । मुथैया मुरलीधरन र शेन वार्न जस्ता स्पिनरले पनि उनलाई चिन्तीत तुल्याउन सकेका थिएनन् । समयसँगै उनको ब्याटिङ निखारियो । एल्बोदेखि कम्बरसम्मको चोट झेल्दै क्रिकेटका बादशाह बने उनी । यतिबेला क्रिकेटका यी भगवानलाई विश्वभरिका क्रिकेट विदा गरिरहेको छ । सचिन रमेश तेन्दुलकर २४ अप्रिल १९७३ मा मुम्बईमा जन्मिएका थिए । ११ बर्षको उमेरदेखि उनले ४० बर्षसम्म निरन्तर क्रिकेट खेलिरहे । भारतका लागि करिब २० बर्ष अन्तर्राष्ट्रिय क्रिकेट खेलेका सचिनले इन्डियन प्रिमिर लिगबाट मे २०१३ मा सन्न्यास लिए ।
तर उनले नोभेम्बरमा क्रिकेटका सम्पूर्ण पारुपबाट सन्न्यास लिने घोषणासँगै विश्वभरि नयाँ तरङ फैलियो । रेकर्डका बादशाद सचिनको रेकर्ड तोडने निकै गाह्रो पर्नेछ । अन्तर्राष्ट्रिय एक सय सतक प्रहार गर्ने उनी विश्वकै पहिलो ब्याट्म्यान हुन् । त्यसैगरि वानडे अन्तर्राष्ट्रिय क्रिकेटमा दोहोरो सतक प्रहार गर्ने पनि उनी पहिलो खेलाडी हुन् । अन्तर्राष्ट्रिय क्रिकेटमा उनले ३४ हजार रन पुरा गरेका छन् । त्यो आंकडा अहिले सम्म कसैले सुन सकेको छैन ।
२००२ मा उनलाई विश्वकै सर्वाधिक दोस्रो महान क्रिकेटका रुपमा प्रस्तुत गरिएको थियो । २०११ मा भारतले विश्वकप जित्दा उनी भारतीय टिमका महत्वपूर्ण ब्याट्म्यान थिए । २००३ मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा उनीलाई प्लेयर अफ दि टुर्नामेन्टको अवार्ड मिलेको थियो । उनले १५ नोभेम्बर १९८९ मा पाकिस्तानविरुद्ध टेस्ट डेव्यु गरेका थिए ।
१८ डिसेम्बर १९८९ मा पाकिस्तानविरुद्ध नै उनले ओडिआइमा डेव्यु गरे । अन्तिम ओडिआइ म्याच उनले १८ मार्च २०१२ मा पाकिस्तानविरुद्ध खेलेका थिए । टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याट्म्यान सचिनले टेस्ट क्रिकेटमा १५ हजारभन्दा बढी रन बनाएकाछन् । यति रन बनाउने उनी विश्वका एकमात्र खेलाडी हुन् । एक दिवसिय म्याचमा पनि उनले सर्वाधिक रन बनाएर कितिृमान प्राप्त गरेका छन् । उनले आफ्नो पहिलो प्रथम श्रेणी क्रिकेट खेल मुम्बईका लागि २४ बर्षको उमेरमा खेलेका थिए । सचिन राजीव गान्धी खेल रत्न पुरस्कारबाट सम्मानीत एकमात्र भारतीय क्रिकेट खेलाडी हुन् । उनले सन् २००८ मा पद्य विभुषण पनि प्राप्त गरे । उनी क्रिकेट जगतमा सर्वाधिक प्रायोजित खेलाडी हुन् ।
उनका प्रसंसकले उनलाई प्रेंमले लिटिर मास्टर वा मास्टर ब्लास्टर भनेर पुकार्छन् । क्रिकेटबाहेक उनी आफ्नै नाममा खोलिएको एक सफल रेष्टुराका मालिक पनि हुन् । राजापुरका मराठी ब्रहाण परिवारमा जम्मेका सचिनको नाम उनको बुबा रमेश तेन्दुलकरले उनको मुहार संगीतकार सचिन देव बर्मनसँग मिलेकाले त्यहि नाम सापटिलिएर राखिदिएका थिए । उनको दाजु अजित तेन्दुलकरले उनलाई खेल्नका लागि प्रोत्साहित गरेका थिए । सचिनका एक भाइ नितिन तेन्दुलकर र एक बहिनि सवितई तेन्दुलकर छन् । १९९५ मा सचिनले अन्जलीसँग विवाह गरे । सचिनको दुई बच्चा छन् सारा र अर्जुन ।
सचिनले सारदाश्रम विद्यामन्दिरमा आफ्नो शिक्षा लिएका थिए । युवाअवस्थामा सचिन आफ्नो कोचसँग अभ्यास गर्दथे । उनका कोच स्पटम्प्सले एक रुपैयाँको सिक्काको बाजी लगाउँथे । जुन बलरले सचिनलाई आउट गर्न सक्छ त्यो शिक्का त्यसैले उपहार स्वरुप प्राप्त गर्दथियो । यदि सचिन आउट भएनन भने त्यो सिक्का सचिनले प्राप्त गर्द थिए । सचिनले त्यतिबेला जितेको १३ सिक्का अझै पनि उनीसँगै सुरक्षित छन् । १९८८ मा स्कुलकको एक हँरिस शिल्ड म्याचको दौरान साथी ब्याट्म्यान विनोद काम्बीसँग मिलेर सचिनले ऐतिहासिक ६ सय ६४ रनको अविजित साmभेदारी गरेका थिए ।
सो धमाकेदार जोडीको पदशृनका कारण एक बलर त रोएका थिए र विपक्षितले म्याच खेल्न अश्विकार गरेको थियो । सचिनले सो म्याचमा ३ सय २० रन र प्रतियोगितमा हजारभन्दा बढी रन जोडेको थिए । सचिनले कहाँ कहाँ खेले ईडन गार्डल्सपछि तेन्दुलकरले मोहालीको पीसिए स्टेडियममा ११ खेल खेलका छन् । त्यसका वानखेडे स्टेडियमको नाम पनि जोडिने छ । जुन मैदानमा सचिनले १० खेल खेलिसकेका छ् ।
त्यसबाहेक उनले दिल्लीको फिरोजशाह कोटला र चेन्नईको चेपक स्टेडियमा पनि १०/० म्याच खेलेका छन् । विश्वभरमा ५९ मैदा मा टेस्ट खेलीसकेका तेन्दुलकरले बैंगलोरको एम चिन्नास्वामी स्टेडियमा र अहमदाबाको सरदार पटेल स्टेडिय मोटेरामा नौ/नौ खेल खेलको छन् । नागपुरको विसिए स्टेडियममा ६ टेस्ट म्याच खेलेका छन् । मक्का लाडृर्स, मेलबर्न क्रिकेट ग्राउन्ड, सिड्नी क्रिकेट ग्रांउन्ड, एडिलेड ओभल र सिंहलीज स्पोट्स क्लब ग्राउन्ड, कोलम्मो पाँच/पाँच टेस्ट म्याच खेलिसकेका छ्न ।
वीवीएस लक्ष्मणले ईडनमा दस खेलबाट १ हजार २ सय १७ रन बनाएका छन् । जुन एक मैदानमा सर्वाधिक रन बनाउने भारतीय रेकर्ड हो । तेन्दुलकरले ईडनमा दुई सतक र ६ अर्धसतक प्रहार गरेका छन् । उनी सो मैदानमा सर्वाधिक रन बनाउन (ब्याट्म्यानको सुचीमा लक्ष्मण र राहुल द्रविड –९६२) पछि तेस्रो नम्बरमा छन् । तेन्दुलकरलाई आफ्नो घरेलु स्टेडियमा वानखेडमा १ हजार रन पुरा गर्न केवल ञ्१ सय ५३ रन बनाउनुपर्ने छ । सो मैदानमा उनले १४ देखि १८ नोभेम्बरसम्म २०० औ टेस्ट खेल्ने छन् । तेन्दुलकरले वानखेडमा १० टेस्ट म्याचको १८ पारीबाट ८ सय ४७ रन बनाएका छन् ।
जसमा एक सतक र सात अर्धसतक रहेको छ । वानखेडेमा सर्वाधिक रन मुम्बइृका लिटिर मास्टर गावस्करको नामा छन् । उनले सो मैदानमा ११ खेलबाट १ हजार १ स य२२ रन बनाएका छन् । यदि तेन्दुलकरले ईडन र वानखेडमा १ हजा रन बनाउन सफल भ एभने दुई मैदानमा १ हजार रन बनाउने उनी दोस्रो भारतीइ ब्याट्म्यान बन्ने छन् । गावस्करले चेन्नईको चेपकमो पनि १ हजार रनको आंकडा पार गरेका थिए । रेकर्डको बादशाह तेन्दुलकरको कुनै एक मैदानमा अहिलेसम्म सबैभन्दा राम्रो रेकर्ड चेन्नईको चेपक स्टेडियमा रहेको छ । जहाँ उनले दस म्याचमा ८८ दशमल १८ को औसतमा ९ सय ७० रन बनाएका छ् ।
जसमा पाच सतक र दुई अर्धस्तक समावेश छ । चेपकपछि बैंगलोरको एम चिन्नास्वामी स्टेडियमा उनले राम्रो रन जोडेका थिए । जसमा नो म्याचको मद्दतमा ८ सय ६९ रन आफ्नो नाममा गरेका छन् । सिड्नी क्रिकेट ग्राउन्डमा तेन्दुलकरले केवल पाँच म्याचबाट ७ सय ८५ रन जोडेका थिए । जसमा अविधित २ सय ४१ रनको ऐतिहासिक पारी पनि समोश छ । उनले दिल्लीको फिरोजशाह कोटला स्टेडियमा ७ सय ५९ रन, पिसिए स्टेडियम मोहालीमा ७ सय ६७रन, कोल्म्बो सिंहलीज स्पोट्र्स कम्प्लेक्समा ६९८रन, नागप’रको विदर्भ सिए मैदानमा ६७९ रन र अहमदाबादको सरदार पटेल मोटेरामा ६४२ रन बनाएका छन् ।
धनीमा पनि रेकर्ड नोभेम्बर महिना सन्यास लिन गइरहेका महान ब्याट्म्यान सचिन तेन्दुलकर भारतका सबैभन्दा धनि क्रिकेट हुन् । उनको निजि सम्पत्ती १६ करोड डलर (नौ अरब ८६ करोड भारतीय रुपैया ) छ । वेल्थ एक्सले सो अनुमान गरेको हो । वेल्थ एक्सका अनुसार तेन्दुलकरले धनिको सुचिमा रहेको चार अन्य क्रिकेटरको बराबरीको सम्पत्ती जोडेको छन् । उनी अर्का धनि खेलाडी महेन्द्र सिंह धोनीभन्दा तीन गुणाले अगाडी रहेका छन् । वेल्थ एकसले पाँच सर्बाधिक धनि क्रिकेटरको सुची बनाएको छ ।
जसमा तेन्दुलकर १६ करोड डलरका साथ शिर्ष स्थामा छन् जबकी उनीपछि दोस्रो स्थानमा रहेको महेन्द्र सिंह धोनीको सम्पत्ती पाँ करोड डलर रहेको छ । त्यसपछिका युवराज सिंहको तीन करोड डलर सम्पत्ती रहेको बतायएको छ । चौथो स्थानमा रहेका राहुल द्रविडको सम्पत्ती २ करोड डलर रहेको बताएको छ । विरोट कोहली डेढ करोड सम्पत्तीका मालिक हुन् ।
तेन्दुलकरले आफ्नो अन्तिम ट्वान्टी–२० खेल च्याम्पियन्स लिगको टी–२० को फाइल्न मुम्बई इन्डियन्सका लागि राजस्थान रोयल्स विरुद्ध खेलका थिए । जसको नेतृत्वका पूर्व भारतीय कप्तान राहुल द्रविडले गरेका थिए । द्रविडको सो अन्तिम प्रतिस्पर्धी क्रिकेट खेल थियो ।
प्रतिक्रिया दिनुहोस् >>