सुनसरीमा ३५ प्रतिसत मतगणना सम्पन्न
Posted by
purwanews
Published on
Thursday, November 21, 2013
सन्जिव वाग्ले / इनरुवा
बिहान १० बजे सम्ममा सुनसरी जिल्लाको मतगणना ३५ प्रतिसत सम्पन्न भएको निर्वाचन आयोगले जानकारी दिएको छ। सुनसरिका जिल्ला निर्वाचन अधिकारी आस्विनी कुमार पोखरेलका अनुसार कुल मतदाता मध्धे ३ लाख ८ हजारले मतदान गरेको र खसेको कुल मत मध्धे ३० प्रतिसत मतको गणना भईसकेको हो। पोखरेलका अनुसार सुनसरिमा मात्र ७६ प्रतिसत मत खसेको छ। जसमध्धे खनार गाबिस स्थित ज्ञानोदय निमाबी मतदान
केन्द्रबाट ९१ प्रतिसत मतदान भएको छ।

| सुनसरी क्षेत्र नम्बर ४ को मतगणना हुँदै। तस्बिर : सन्जिव वाग्ले |
अहिले सम्मको नतिजामा सुनसरिका ६ वटै निर्वाचन छेत्रमा मिस्रित परिणाम देखिएको छ। जसमा नेपाली कोङ्रेस र नेकपा एमाले एमाओबादी भन्दा अगाडी देखिएका छन । निर्वाचन आयोगले दिएको पछील्लो जानकारी अनुसार सुनसरी क्षेत्र नम्बर १ मा ३०५८ मतका साथ कोङ्रेस पहिलो स्थानमा रहिरहेकोछ भने २८८९ मतका साथ एमाले दोस्रो स्थानमा छ। त्यसैगरी एमाओबादी १६६९ मतका साथ तेस्रो स्थानमा रहेको छ।
सुनसरी क्षेत्र नम्बर २ मा एमाले २३०७ मतका साथ अगाडि छ। कोङ्रेस १९१८ मतका साथ दोस्रो स्थानमा र फोरम लोकतान्त्रिक १४०८ मतका साथ तेस्रो स्थानमा रहेको छ।
सुनसरी ३ मा बिजय गच्छदारको फोरम लोकतान्त्रिक ६१४२ मत ल्याएर अग्र स्थानमा छ। एमाले ५३९५ मत र काङ्रेसको ३४७४ मत रहेको छ। क्षेत्र नम्बर ४ मा २६२६ मतका साथ काङ्रेस पहिलो स्थानमा रहेको छ। एमाले २२६६ मतका साथ दोस्रो र फोरम लोकतान्त्रिक १०२५ मतका साथ तेस्रो स्थानमा रहेका छन । क्षेत्र नम्बर ५ मा उपेन्द्र यादबको फोरम नेपालको १८८० मत । एमालेको ११३८ मत रहेको छ। त्यसइ गरी सुनसरी क्षेत्र नम्बर ६ मा एमालेका भिम आचार्य ५६११३ मत र कोङ्रेसका राम बहादुर बस्नेतको ४१७३ मत रहेको छ।
प्रतिक्रिया दिनुहोस् >>