मत परिणामले लगानीकर्ता उत्साहित, नेप्सेमा सुधार
Posted by
purwanews
Published on
Thursday, November 21, 2013
संविधानसभा निर्वाचनको मत परिणामले पूँजी बजारका लगानीकर्तामा आत्मविश्वास बढाएको छ । चुनाव शान्तिपूर्ण हुँदैन कि भन्ने आशंकाले भयभित भएका लगानीकर्ता परिणामसँगै उत्साहित भएपछि बिहीबार नेप्सेमा तीन पटकसम्म सर्किट ब्रेकर लागेर कारोबार नै बन्द भयो । सामन्यतया शेयरधनीहरु कांग्रेसलाई पत्याउने गरेको शेयर विष्लेषकहरु बताउछन् । भोलिका दिनबाट नेप्सेमा व्यापक सुधार आउने उनीहरुको विश्वास रहेको छ ।
बिहीबार नेप्से ३३.८८ अंकले बढेर ६३४.३ अंकमा पुगेको छ । नेप्सेमा कारोबार गर्ने सबै समूह बिहीबार हरिया भएका छन् ।
प्रतिक्रिया दिनुहोस् >>