गणेशमान सिहको ९९ औं जन्मजयन्ती सम्पन्न

धरान– गणेशमान सिंह फाउन्डेसनको आयोजनामा  नेपाली कांग्रेसका संस्थापक नेता तथा जननायक गणेशमान सिहको ९९ औं जन्मजयन्ती धरानमा मनाइएको छ । धरान–१६ स्थित गणेशमान चोकको प्रतिमामा माल्याणपन गरी सिंहको संझना गरेको हो ।

उक्त अवसरमा फाउण्डेशनका सदस्य प्राध्यापक आनन्द आचार्यले प्रजातान्त्रिक आन्दोलनमा लौह शिखरपुरुष  गणेशमान सिंह त्याग का प्रतिमुर्ती भएको बताए । आचार्यले भने, " निरङकुश राणा शासनको अन्त्य गर्न र शाही पंचायती व्यबस्थाको अन्त्य गर्न ०४६ सालको जनआन्दोलनका सवोच्च कमाण्डर सिंहलाई नेपाल राजनितिक दलहरुले समेत विर्सन थालेको छन ।" ०४६ को जनआन्दोलनको  सफलता पछि प्रधानमन्त्री पद समेत अस्वीकार गरेका गणेशमान सिहका विचार,  त्याग र तपस्यालाई अहिलेका राजनितिक नेताहरुले अनुसरण गर्नु पर्ने सहभागी वक्ताहरुले बताएका थिए



प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>