इटहरीमा उमेद्वारको गाडी जलाइयो
Posted by
purwanews
Published on
Friday, November 1, 2013
सुनसरी । सुनसरी क्षेत्र नं २ की एमाओवादी उमेद्वार रामकुमारी चौधरीले प्रचारप्रसारमा प्रयोग गरेको गाडी गए राती जलाइएको छ ।
इटहरी १ स्थित चौधरीको घर नजिकै पार्कीङ गरेर राखेको अवस्थामा राती २ बजे जलाइएको एमाओवादी इटहरी नगर समितिले जनाएको छ । आगलागीबाट को १ च ५८५१ नम्बरको गाडी पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।
कार्तीक १५
प्रतिक्रिया दिनुहोस् >>


