' प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्छौ ' : एमाओवादी
Posted by
purwanews
Published on
Thursday, October 31, 2013
धरान । सुनसरी क्षेत्र नं. १ का प्रत्यक्ष उम्मेद्वार मुक्सामहाङ मेन्याङबो लिम्बुले सन्चार क्षेत्रको विकासका लागि प्रतिबद्धता जनाएका छन ।आज धरानमा सन्चार क्षेत्रमा एमाओवादी उम्मेदवारको प्रतिबद्धता विषयमा क्रान्तिकारी पत्रकार संघले गरेको छलफल कार्यक्रममा लिम्बूले प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्दै प्रेस जगतलाई व्यवहारिक रुपमा राष्ट्रको चौथो अंगको प्रत्याभूति दिलाउन पहल गर्ने बताएका छन ।
सन्चार क्षेत्रमा केन्द्रिकृत विज्ञापन प्रणालीको अन्त्य गरी समानुपातिक विज्ञापन प्रणालीको व्यवस्था गर्न पहल गर्ने स्थानीय सन्चार माध्यमको दीर्घकालीन विकास गर्न वृहत्त सन्चार परियोजना सन्चालन गर्न पहल गर्ने । नेपाल पत्रकार महासंघ सुनसरीको निर्माणधिन भवनलाई पूर्णता दिन बजेटको पहल गर्ने लगायत प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन ।
कार्यक्रममा बोल्दै पत्रकारहरुले सन्चार क्षेत्रको राष्टिय नीतिहरु हुनुपर्ने र त्यसको परिचालन हुनुपर्ने धारणा राखेका थिए । पत्रकार जस कुमार राईले केन्द्रिकृत विज्ञापन प्रणाली, कमिसन खाने प्रवृत्ति, सरकारले स्थानीय भाषा संस्किृतीको विकासका लागि पहल नगर्दा स्थानीय सन्चार क्षेत्र ओझेलमा परेको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस् >>