लोडसेडिङ घटाउन सिएफएल वितरण
भरौल । विद्युत् खपत घटाइ बढ्दो लोडसेडिङ न्युनिकरण गर्ने उद्देश्यले नेपाल विद्युत प्राधिकरणले गाउँ गाउँमा साधारण बल्बसँग १४ वाटको सीएफएल चिम साट्न थालेको छ ।
सुनसरीका पकली, इनरुवा, लौकही, झुम्का फिडर अन्र्तगत सीएफएल साट्ने कार्य भइरहेको छ । झुम्का फिडर अन्र्तगत नौ हजार १५९ ग्राहकलाई सीएफएल वितरण गरिएको छ । यस फिडर अन्र्तगत १५ हजार १३१ सीएफएल बाँड्ने लक्ष्य लिइएको छ । पकली फिडरमा ६ हजार ९९१ ग्राहकको लागि ११ हजार ५४९ सीएफएल बाँड्ने लक्ष्यका साथ काम भइरहेको जनाइएको छ ।
यता इनरुवा फिडर अन्र्तगत आठ हजार ७०५ ग्राहकलाई कुल १४ हजार ३८१ सीएफएल वितरण गर्ने योजना रहेको बताइएको छ ।
साधारण बल्वसँग सीएफएल साट्ने योजना हाल सिंगिया, भरौल र बक्लौरी गाविसमा सञ्चालन भइरहेको सम्बन्धित फिडरहरुले जनाएका छन् । एसियन विकास बैंक काठमाडौको अनुदानमा नेपाल विद्युत प्राधिकरणले विद्युत् साट्ने अभियान सञ्चालन गरेको हो ।
प्रतिक्रिया दिनुहोस् >>