प्रत्यक्षका उम्मेदवारले पार्टी त्यागे
Posted by
purwanews
Published on
Tuesday, October 29, 2013
इनरुवा । सबै दलका उम्मेदवारहरु भोट माग्न व्यस्त रहेका समयमा सुनसरी क्षेत्र नम्बर ३ र ४ का सद्भावना पार्टी गजेन्द्रवादीका उम्मेदवारहरुले भने पार्टी त्यागेका छन् ।
क्षेत्र नं. ४ का प्रत्यक्ष तर्फका उम्मेदवार र पार्टीका जिल्ला अध्यक्षसमेत रहेका चन्देश्वर चौधरी र क्षेत्र नं. ३ का उम्मेदवार सुनील कुमार यादवले पार्टी त्यागेको घोषणा गरेका हुन् ।
पार्टीका केन्द्रिय अध्यक्ष विकास तिवारीले आफुलाई वास्ता नगरेको र युवाहरुलाई उपेक्षा गरेको भन्दै उनीहरुले पार्टी त्यागको घोषणा गरेको बताएका छन् ।
पार्टीमा रहेर खर्च गरेको र योगदान गर्दा समेत आफुहरुलाई केन्द्रले मुल्याँकन नगरेको आरोप लगाउँदै पार्टी त्याग्नेमा समानुपातिक तर्फका उम्मेदवार चुनाई यादव र अशोक कुमार भगत समेत छन् ।
प्रतिक्रिया दिनुहोस् >>