अनुमतिबिना भारतिय गाडी चुनावी प्रयोजनमा
Posted by
purwanews
Published on
Friday, October 18, 2013
विराटनगर / निर्वाचन आयोगका सदस्य अयोधिप्रसाद यादवले अनुमतीविना उमेद्वारले प्रयोग गरिरहेका दुई सवारी साधनन आफैंले फेला पारेको बताएका छन् । उनले आयोगका अनुमति नलिई निर्वाचन प्रयोजनका लागि प्रयोग गरिएका ति सवारी साधन सुनसरीमा फेला पारिएको जनाएका छन् ।
नेकपा एमाले सुनसरी क्षेत्र नं ३ का उमेद्वार भगवती चौधरीले प्रयोग गरेको बिआर ०१ पिए ५२०५ नम्बरको भारतिय गाडी र को १ च ४४११ नम्बरको नेपाली गाडीले निर्वाचन आयोगबाट अनुमति नलिएको यादवको भनाई छ । आयोगले बिहीबार साँझ विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा यादवले ती दुवै गाडीलाई अनुमती नलिएकाले कारवाहीको लागि निर्देशन दिइएको बताए ।
नागरिक पूर्वेली
प्रतिक्रिया दिनुहोस् >>