विद्यालय चलाउन चिराइतो खेती


भोजपुर / बोखिम गा.वि.स. ७ धापखर्कस्थित धापखर्क प्रा.वि.ले आफ्नो विद्यालय सञ्चालन गर्न चिराइतो खेति सुरु गरेको छ । भैंसीपङखा स्थित ६ रोपनी जग्गामा विद्यालयले व्यवसायिक चिराइतो खेती गरेको हो । गत असारमा आधा किलो चिराइतोको बीऊ यहाँ रोपिएको विद्यालयले जनाएको छ । विद्यालय सञ्चालन गर्न आर्थिक अभाव भएपछि चिराइतो खेती गरेको प्रधानाध्यापक हर्कराज शेर्पाले जनाए । शेर्पाका अनुसार चिराइतो खेतीबाट आम्दानी हुन थालेपछि विद्यालय सञ्चालनमा सहज हुनेछ ।
चिराइतो खेतिबाट २ वर्षपछि आम्दानी हुन थाल्छ । खेती विस्तार गर्ने विद्यालयको योजना  छ । खेतीको हेरचाह विद्यालयका शिक्षक, व्यवस्थापन समिति । अभिभावकले गर्नेछन । चिराइतो बिक्रीका लागि योग्य नभए सम्म स्थानीययलाई शुल्क लिएर घाँस काट्न दिने र गोडमेलको व्यवस्था मिलाउने विद्यालय व्यवस्थापन समितिले जनाएको छ । विद्यालयको आय बढाउन सके गुणतरीय शिक्षा प्रदान गर्न सकिने समिति अध्यक्ष दानुरी शेर्पाले बताए ।
विद्यालय सञ्चालनका लागि अन्य स्रोत नभएको अनले बताए । यसअघि सोही जग्गा विद्यालयले न्युन शुल्क लिएर स्थानियलाई मकै खेती गर्न दिएको थियो । दुई जनाको दरबन्दी रहेको विद्यालयमा छ जना शिक्षकहरु रहेका छन् । चार जनालाई स्थानिय स्रोतबाट राखिएको छ ।
नागरिक पूर्वेली



प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>