क्षेत्रीय कारागारमा बाहिरी चलखेल

इटहरी / झण्डै वर्ष दिनअघि १२ कैदीबन्दी सुरुङ खनेर भागेपछि जेल प्रशासन र चौकीदारको तालमेलले अशान्त बनेको पूर्वाञ्चल क्षेत्रीय कारागारमा कैद भुक्तान गरी छुटेका व्यक्तिको चलखेलले आतंक फैलिने खतरा बढेको छ ।
कारागार सञ्चालनका लागि कैदीबन्दी मध्येबाट तयार गरिएको आन्तरिक प्रशासनविरुद्ध कैद भुक्तान गरि छुटेका व्यक्तिले नै  चलखेल सुरु गरेकाले कैदीबन्दीबीच आतंक फैलिने खतरा बढेको हो । चलखेल सुरुको सुइँको पाएपछि मंगलबार र बुधबार कारागारमा नाराबाजीसमेत भएको छ ।
क्षेत्रीय कारागारमा भण्डै दुई वर्षसम्म बसेर आतङक फैलाउन खोजेपछि दुई महिनाअघि झापा सरुवा भएर असोज १६ गते छुटेका सुनसरीका बुधसागर मेहताले कैदीबन्दीलाई भेटेर अनेक प्रलोभन दिएर चलखेल सुरु गरेको कैदीबन्दीले जनाएका छन् । मेहता तराईमा भूमिगत गतिविधि सञ्चालन गर्दै आएको तराई जनतान्त्रिक मुक्ति मोर्चाको कार्यकर्ता हुँदा हातहतियार मुद्दामा पक्राउ परी कैद सजाय भुक्तान गरी छुटेका हुन् ।
नागरिक पूर्वेली


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>