वाइफाइभन्दा शक्तिशाली लाइफाइ
इन्टरनेट कनेक्टको लागि वाइफाइ निकै लोकप्रिय प्रविधि हो । विना तार मोबाइलदेखि ल्यापटपसम्म वाइफाइबाट इन्टेरनेट चलाउन सकिन्छ । तर चीनका वैज्ञानिकहरुले हालै इन्टरनेट कनेक्टको नयाँ तरिका पत्ता लगाएका छन् । जसलाई बेलायतका वैज्ञानिकहरुले लाइफाइ नाम दिएका छन् ।
चीनका वैज्ञानिकहरुले इन्टरनेट कनेक्ट गर्ने नयाँ तरिका पत्ता लगाएका छन् । यसमा इन्टरनेटको प्रयोगको लागि रेडियो तरंगको माध्यमबाट नभइ लाइट बल्वको माध्यमबाट सिग्नल पठाइनेछ । यो अनौठो खोजको विषयमा सार्वजनिकभ भएसँगै यसले इन्टरनेटको दुनियामा तहल्का मच्चाउन सक्ने अनुमान गरिएको छ ।
संघाइको फुडान युनिभर्सिटिका आइटी प्रोफेसर शी नाका अनुसार रेडियो फ्रिक्वेन्सीको साटो लाइट बल्बबाट इन्टरनेट कनेक्ट गर्ने हो भने एक वाटको एलइडी बल्बबाट ४ वटा कम्प्युटरमा इन्टरनेट कनेक्ट हुन सक्छ ।
उनका अनुसार एलइडी बल्बले १५० मेगाबाइट प्रति सेकेण्डसम्मको डाटा रेट निकाल्न सक्छ । जुन औसत ब्याण्डविथभन्दा बढी हो ।
बेलायतको युनिभर्सिटि र एडिनवर्गको हेराल्ड हासले यो प्रविधिलाई लाइफाइ नाम दिएका छन् । वैज्ञानिकका अनुसार लाइफाइ ज्यादा तीव्र हुनाको साथै सस्तो समेत हुनेछ । वैज्ञानिकहरु यो प्रविधिको समस्याहरु केलाउन व्यस्ता छन् । त्यसैले यो प्रविधिलाई प्रयोग गर्नको लागि केही वर्ष पर्खिनै पर्ला ।
प्रतिक्रिया दिनुहोस् >>