राप्रपाको घोषणापत्र सार्वजनिक
Posted by
purwanews
Published on
Friday, October 25, 2013
काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीले मधेसमा दुई वटा प्रदेशसहित मुलुकभर सात वटा प्रदेश बनाउनुपर्ने प्रस्तावसहितको घोषणापत्र सार्वजनिक गरेको छ । आज आफ्नो घोषणापत्र सार्वजनिक गर्दै राप्रपाले संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री र आलंकारिक राष्ट्रपतिसहितको संसदीय पद्दतीको प्रस्ताव पनि गरेको छ । घोषणापत्र सार्वजनकि गर्दै राप्रपा अध्यक्ष सूर्यबहादुर थापाले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति पार्टी प्रतिबद्ध रहेको बताए । ठूला भनिएका दलहरुको व्यक्ति केन्द्रित स्वार्थका कारण संविधान बन्न नसकेको भन्दै थापाले अब राप्रपाले जित्नुपर्ने तर्क गरे ।
केन्द्रमा दुई सदनात्मक संसद र प्रदेशमा एक सदन रहने तीन तहको प्रणाली हुनुपर्ने पनि राप्रपाको घोषणा पत्रमा उल्लेख छ ।
सर्व धर्म सापेक्ष नेपालमा जोड दिंदै राप्रपाले तराईमा जनक प्रदेश र बुद्ध प्रदेशको प्रस्ताव गरेको छ ।
त्यस्तै उच्च माध्यामिक तहसम्मको शिक्षा निशुल्क बनाइने, वैदेशिक रोजगारीका लागि जान चाहनेलाई निब्र्याजी ऋण उपलब्ध गराउने जस्ता लोकप्रिय कार्यक्रम पनि राप्रपाको घोषणापत्र समेटिएको छ ।
त्यस्तै महाकाली, कर्णाली, कोशी, गण्डकी लगायतका नदीको पानी व्यवस्थापन गरेर विद्युत र सिंचाईमा आमूल परिवर्तन गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस् >>