पटाका नियन्त्रणमा प्रहरी सक्रियता बढ्दो
Posted by
purwanews
Published on
Friday, October 25, 2013
विराटनगर । तिहार नजिकिदै गर्दा मोरङ प्रहरीले विराटनगरलगायत क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ ।
तिहार सँगै आउने संबिधानसभाको निर्वाचनलाई केन्द्रित गर्दै मोरङ प्रहरीले तिहार र छठमा पटका पट्काउने तथा कारोबार गर्ने जो कोहीलाई कारवाहि गर्ने भएको छ । बालबालिकाले पटका जन्य पदार्थ पड्काएमा तिनका अभिभावकलाई नियन्त्रणमा लिएर कारवाही गर्ने मोरङ प्रहरी प्रमुख विश्वराज पोखरेलले बताए ।
शुक्रबार जिल्ला प्रहरी कार्यलय मोरङले विराटनगर बजारमा पटका पड्काउनबाट बालबालिकालाई जोगाउन आग्रह गर्दै माइकिङ पनि गरेको छ ।
अघिल्ला वर्षहरुमा पटाकाको ओसार पसारमा मात्र नियन्त्रण गरेको प्रहरीले यसवर्ष भने ओसार पसार, किनबेच र पड्काउने कामलाई समेत नियन्त्रण गर्ने रणनिती बनाएको छ ।
प्रतिक्रिया दिनुहोस् >>