चुनाबी प्रचारका चार मोटरसाइकल र एक जिपमा आगजनी

बाग्लुङ - निर्वाचन प्रचारमा हिँडाएका सवारी साधन अज्ञात समुहले जलाएका छन्। संविधान सभा निर्वाचनको चुनाबी अभियानमा हिँडेका एमाओवादी मोटरसाइकल र एमाले कार्यकर्ताले प्रयोगमा ल्याएको जिप पार्किङ गरेको अवस्थामा जलाएका हुन्।
बाग्लुङ क्षेत्र नं १ का एमाले उमेद्वार हिरा बहादुर के.सी.को प्रचारमा कार्यकर्ता लिएर गएको ध १ ज ६९ नम्बरको जिप शुक्रबार राती जलाएको प्रहरीले जनाएको छ।
त्यस्तै बाग्लुङकै क्षेत्र नं ३ मा एमाओवादीका उमेद्वार तुलसी अर्यालको प्रचारमा हिँडेका चार मोटरसाइकल जलाएका छन्। एमाओवादीको खुंगा सम्पर्क कार्यालय आगाडी राखिएका चार मोटरसाइकल जलाएको प्रहरीले जनाएको छ ।
 पार्किङ गरेर राखिएका बा ५० प ९०७३, बा १ प २४५२, बा १ प २८२५ र ग ७ प २१८४ नम्बरको मोटरसाईकलमा आगजनी भएको छ। घटनाको कुनै समुहले जिम्मेवारी लिएको छैन।
ताराखोला र खुंगामा निर्वाचन अभियानमा हिँडेका सवारी साधनमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी नायव उपरिक्षक सुरेन्द्रबहादुर गुरुङले बताए।  जिप र मोटरसाइकलमा कसले आगजनी गरेको भन्ने नखुलेको प्रहरीले जनाएको छ। 'अज्ञात समुहले जलाएको छ,' डिएसपी गुरुङले भने, 'घटनामा संलग्नको खोजी कार्य जारी रहेको छ।'
कात्र्तिक ९


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>