छ महिनापछि रजिष्ट्रार पाण्डे हाजिर
Posted by
purwanews
Published on
Saturday, October 26, 2013
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयका रजिष्ट्रार डा. निरोज पाण्डे झण्डै साढे ६ महिनापछि कार्यालयमा हाजिर भएका छन् । रजिष्ट्रार पाण्डे शुक्रबार विना अवरोध पुष्पलाल चौकस्थित केन्द्रीय कार्यालयमा हाजिर भएका हुन् ।
गत चैत ३१ गते कार्यालयकै एक महिला कर्मचारीसँग शंकास्पद अवस्थामा भेटिएको भन्दै स्थानियवासी विरोधमा उत्रिएपछि पाण्डे कार्यालयमा अनुपस्थित रहँदै आएका थिए ।
घटनालगत्तै पुवि कार्यकारिणी परिषद्ले रजिष्ट्रार पाण्डेलाई विश्वविद्यालयका सम्पूर्ण निकायको काममा रोक लगाउने निर्णय गरेको थियो । कार्यकारिणी परिषद्को सो निर्णयविरुद्ध रिट दायर गरेपछि सर्वोच्च अदालतले रजिष्ट्रार पाण्डेलाई हाजिर गराउन अन्तरिम आदेश जारी गरेको थियो ।
९ कात्र्तिक, उद्घोष
प्रतिक्रिया दिनुहोस् >>