"दोहोरो सुरक्षाको लागि कन्डममा पहुच बढाऔ"

धरान ।  "दोहोरो सुरक्षाका लागि कण्डममा पहुच बढाऔ" भन्ने मुल  नाराका साथ १९ औ राष्टिय कण्डम दिबस धरानमा सम्पन्न भएको छ ।

एचआइभि, यानराग तथा अनिच्छत गर्भ  रहनबाट बच्नका लागि कण्डम सम्बन्धि जनचेतना बढाउने, कण्डमको सहज उपलब्धता र पहुच बढाउने उदेश्यले दिबसको आयोजना गरिएको हो । कण्डम प्रयोगबाट हुने दोहोरो सुरक्षा, उपयोगिता, फाईदा र महत्वबारे जानकारी दिन यस वर्षको राष्टिय कण्डम दिबस नगर स्तरीय एड्स समन्वय समितीले धरानको भानुचोकमा बिभिन्न कार्यक्रम आयोजना गरेको हो ।

वि.स. २०५२ सालदेखि मनाउन सुरु गरिएको दिवस हरेक वर्ष कोजाग्रत पूर्णिमा पछिको शनिबारका दिन मनाइने गरेपनि यस वर्ष कोजाग्रत पूर्णिमाको भोलि पल्ट नै शनिबार परेकाले १ हप्ता पछि मनाएको आयोजकले जनाएको छ । दिवसमा एचआइभि एड्स, लागु औषध तथा प्रजनन् स्वास्थ्यमा कार्य गर्ने संघ सस्थाहरुका प्रतिनिधिहरु तथा युवाहरुको को उपस्थिती रहेको थियो । दिवसमा कण्डम फुलाउने प्रतियोगीतासमेत राखिएको छ । प्रतियोगीतामा उत्कृष्ट हुनेलाई दुई हजार बराबरको पुरस्कार समेत बितरण
गरिएको  आयोजकले जनाएको छ।

 फोटो फिचर : १९ औ राष्ट्रिय कन्डम दिवसको अवसरको क्रममा कन्डम फुलाउदै युबायुवतीहरु 
तस्बिर : सन्जिव वाग्ले(purwanews),सोहन श्रेष्ठ(clickdharan)













प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>