माथिल्लो तामाकोशीको लागत बढ्ने
Posted by
purwanews
Published on
Monday, October 21, 2013
काठमाडौं /
स्वदेशी लगानीमा निर्माणाधीन नेपालकै सबैभन्दा ठूलो माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण लागत करिब रु. एक अर्ब बढ्ने भएको छ । मुख्य सुरुङको पेनस्टक साफ्टमा पानीको भार थेग्न नसक्ने कमजोर चट्टान फेला परेपछि सोको डिजाइन परिवर्तन गर्न थप ९४ करोड रुपैयाँ लाग्ने भएको हो ।
आयोजनाको पूर्वनिर्धारित मुख्य सुरुङको भैंसे अडितदेखि पेनस्टक साफ्टसम्मको ५ किलोमिटरमध्ये साढे ३ किलोमिटर सुरुङको डिजाइन परिवर्तन गरी ०.३ प्रतिशत भिरालो बनाउन अन्तरराष्ट्रिय परामर्शदाताको सिफारिस सँगै सो लागत बढ्ने भएको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिएका हुन् ।
यस अघि सो पेनस्टक साफ्ट ८ दशमलब ३३ प्रतिशत भिरालो रहेको थियो । डिजाइन परिवर्तन नगरिँदा पानीको दबाब थेग्न नसकी सुरुङ विष्फोट भई पहिरो जाने र विद्युत् गृह सञ्चालन गर्नै समस्या पर्ने भएको थियो । आयोजनाले जर्मनीका अन्तरराष्ट्रिय ख्यातिप्राप्त विज्ञहरुलाई ल्याएर अध्ययन गराएको थियो ।
डिजाइन परिवर्तन हुँदा ७ महिना थप समय लाग्ने अनुमान सिफारिसमा उल्लेख छ । परामर्शदाता र विज्ञ समूहको सिफारिसका आधारमा सुरुङ डिजाइन परिवर्तन स्वीकृतिका लागि सञ्चालक समितिमा चाँडै प्रस्ताव पेश गरिने प्रवक्ता न्यौपानेले जानकारी दिए ।
आयोजनाको निर्माण कार्यतालिकाअनुसार अहिले नै ५ महिना ढिला भइसकेको छ । २०७२ सालभित्र निर्माण सक्ने आयोजनाको लक्ष्य छ । कुशल व्यवस्थापन हुन नसके निर्माण कार्य लम्बिन सक्ने श्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस् >>