सुरक्षा माग्ने उम्मेदवार बढ्दै
Posted by
purwanews
Published on
Monday, October 21, 2013
जिल्ला प्रशासन सुनसरीले तीनजना उम्मेदवारको सुरक्षाका लागि प्रहरी खटाएको छ। प्रशासनले मधेसी जनअधिकार लोकतान्त्रिकका विजयकुमार गच्छदार र नन्दनकुमार दत्त तथा एमालेकी भगवती चौधरीको सुरक्षाका लागि प्रहरी जवान खटाएको हो।
सुनसरी क्षेत्र नम्बर २ की एमाओवादी उम्मेदवार रामकुमारी चौधरी, फोरम गणतान्त्रिकका समानुपातिक उम्मेदवार हेमन्तकुमार खत्वे र ५ नम्बरका प्रत्यक्ष उम्मेदवार राजकुमार यादवले सुरक्षा व्यवस्था माग गरेको कार्यालयले जनाएको छ।उमेद्वार चौधरी भन्छिन 'चुनावविरोधीले हाम्रा कार्यकर्तालाई प्रचारप्रसारमा नहिँड्न धम्की आइरहेको छ तर असुरक्षित नै हुने खालका गतिविधि भने देखिएका छैनन्,'।
सुनसरी प्रशासनले गृहप्रशासनद्वारा उम्मेदवारका नाममा जारी १३ बुँदे व्यक्तिगत सुरक्षा उपाय अपनाउन सबैलाई निर्देशन दिएको छ। प्रशासनले राति नहिँड्न र होटल–बजारमा जाँड–रक्सी नखान पनि सुझाएको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मणकुमार थापा भन्छन 'कतिपय अवस्थामा उम्मेदवार आफैंले पनि सचेतना अपनाउनुपर्छ,'।
प्रतिक्रिया दिनुहोस् >>