प्रचन्डको कार्यक्रम बिथोल्न बम राखियो
Posted by
purwanews
Published on
Friday, October 25, 2013
सिराहा / उम्मेदवारहरुको चुनावी घरदैलो अभियान बिथोल्ने उद्देश्यका साथ सिराहामा दुई वटा सकेट बम फेला परेका छन् ।
सिरहाको जम्दह गाउँ विकास समिति वडा नम्बर २ स्थित जम्दह माध्यामिक विद्यालयको प्राङ्गण एउटा बम र अर्को एमाओवादीको पार्टी कार्यालयमा राखिएको फेला परेको हो ।
मधेस राष्ट्रिय जनतान्त्रिक पार्टीले बम राखेको स्वीकारेको छ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले घरदैलो गर्ने कार्यक्रम भएकाले बिथोल्न बम राखिएको उक्त पार्टीले जनाएको छ । दाहालले दिउँसो जम्दहमा कार्यक्रम गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस् >>