राजनीतिले आर्थिक विकास प्रभावित: विश्व बैंक
Posted by
purwanews
Published on
Friday, October 25, 2013
काठमाडौं /
राजनीतिक घटनाक्रमले नै नेपालको आर्थिक विकास प्रभावित भएको निश्कर्षसहित अब आर्थिक विकासमा केन्द्रित हुनैपर्ने समय आएको विश्व बैंकको भनाइ छ ।
सरकारले चालु आर्थिक बर्षमा साढें ५ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य राखेपनि आर्थिक बृद्धिदर ४ देखि साढें ४ प्रतिशतमा सीमित हुने प्रक्षेपण बैंकले गरेको छ ।
सन् २००९ देखि नेपालको औसत विकास दर ४ प्रतिशतको हाराहारीमा रहँदै आएको छ । अपेक्षित रुपमा सरकारी र निजी क्षेत्रको लगानी बढ्न नसक्दा विकासको गती बढ्न नसकेको जनाइएको छ ।
विश्व बैंकको नेपालका लागि देशीय निर्देशक जोहान्स जटले नेपाल जस्तो विकासोन्मुख राष्ट्रका लागि आर्थिक बृद्धिदर ७ देखि ८ प्रतिशत आवश्यक हुने उल्लेख गरे ।
निर्धारित समयमा सफलतापूर्वक चुनाव सम्पन्न हुनसके लगानीकर्तामा आत्मविश्वास बढ्न जाने र अर्थतन्त्रमा सुधार आउने विश्वास बैंकको छ ।
बैंकका बरिष्ठ अर्थविद् औरेलिन क्रुजले यससम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
मुद्रास्फीति ८ प्रतिशतमा सिमित राख्ने सरकारी लक्ष्य छ । बैंकले यो बर्ष मुद्रास्फीति १० प्रतिशतभन्दा तलसम्म रहने अनुमान गरेको छ ।
विप्रेषणले अर्थतन्त्र धानेको र यसमा सुधार जारी रहने पनि बैंककोे प्रक्षेपण छ । भारतीय मुद्रासँगको स्थीर विनिमय दर नेपालका लागि अहिलेको अवस्थामा फाइदाजनक नै रहेको पनि बैंकले जनाएको छ ।
यसबारे गहिरो अध्ययन र विश्लेषणपछि मात्र कदम चालिनु ठीक हुने पनि बैंकको सुझाव छ ।
विश्व बैंकले नेपाल अब राजनीतिक मुद्दाबाट बाहिर आएर आर्थिक एजेण्डामा केन्द्रित हुनुपर्ने समय आएको सुझाव दिएको छ । विश्व बैंकको नेपालस्थित कार्यालयले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको नेपालमा विकासको पछिल्लो अवस्थामा उक्त जोड दिइएको हो ।राजनीतिक घटनाक्रमले नै नेपालको आर्थिक विकास प्रभावित भएको निश्कर्षसहित अब आर्थिक विकासमा केन्द्रित हुनैपर्ने समय आएको विश्व बैंकको भनाइ छ ।
सरकारले चालु आर्थिक बर्षमा साढें ५ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य राखेपनि आर्थिक बृद्धिदर ४ देखि साढें ४ प्रतिशतमा सीमित हुने प्रक्षेपण बैंकले गरेको छ ।
सन् २००९ देखि नेपालको औसत विकास दर ४ प्रतिशतको हाराहारीमा रहँदै आएको छ । अपेक्षित रुपमा सरकारी र निजी क्षेत्रको लगानी बढ्न नसक्दा विकासको गती बढ्न नसकेको जनाइएको छ ।
विश्व बैंकको नेपालका लागि देशीय निर्देशक जोहान्स जटले नेपाल जस्तो विकासोन्मुख राष्ट्रका लागि आर्थिक बृद्धिदर ७ देखि ८ प्रतिशत आवश्यक हुने उल्लेख गरे ।
निर्धारित समयमा सफलतापूर्वक चुनाव सम्पन्न हुनसके लगानीकर्तामा आत्मविश्वास बढ्न जाने र अर्थतन्त्रमा सुधार आउने विश्वास बैंकको छ ।
बैंकका बरिष्ठ अर्थविद् औरेलिन क्रुजले यससम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
मुद्रास्फीति ८ प्रतिशतमा सिमित राख्ने सरकारी लक्ष्य छ । बैंकले यो बर्ष मुद्रास्फीति १० प्रतिशतभन्दा तलसम्म रहने अनुमान गरेको छ ।
विप्रेषणले अर्थतन्त्र धानेको र यसमा सुधार जारी रहने पनि बैंककोे प्रक्षेपण छ । भारतीय मुद्रासँगको स्थीर विनिमय दर नेपालका लागि अहिलेको अवस्थामा फाइदाजनक नै रहेको पनि बैंकले जनाएको छ ।
यसबारे गहिरो अध्ययन र विश्लेषणपछि मात्र कदम चालिनु ठीक हुने पनि बैंकको सुझाव छ ।
प्रतिक्रिया दिनुहोस् >>
.jpg)