अपाङ्गता भएका बालबालिकाहरुको पहुँचमा जोड

विराटनगर । गुणस्तरीय शिक्षामा अपाङ्गता भएका बालबालिकाहरुको पहुँच बढाउन अभिभावकहरु सचेत हुनुपर्ने सरोकारवालाहरुले बताएका छन ।
शुक्रबार सेभ द चिल्ड्रेन र पुनस्र्थापना र विकासका लागि स्रोत केन्द्र (आर सि आर डि) को आयोजनामा विराटनगरमा आयोजना गरीएको अन्तरक्र्रिया कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन ।
कार्यक्रमका सहभागिहरुले विद्यालय पठाउने विषय र अपाङ्गता भएका छोराछोरीको विषयमा सम्बन्धीत निकायमा स्पष्ट जानकारी गराई व्यवस्थापनमा सहयोग पुर्याउने पहिलो जिम्मेवारी अभिभावकको हुने बताएका हुन ।
कार्यक्रममा मोरङका जिल्ला शिक्षा अधिकारी योगेन्द्र बरालले अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहँुच बढाउन विशेष कार्यक्रम लिएर जान आबश्यक भएको बताए  । उनले अरु बालबालिका र अपाङ्गता भएका बालबालिकालाई शिक्षा दिने शैली फरक हुने भएकोले उनिहरुलाई छुट्टै कार्यक्रम बनाएर लानुपर्ने बताए ।
कार्यक्रममा पुनस्र्थापना र विकासका लागि स्रोत केन्द्रका सुर्यभक्त प्रजापतिले मोरङ र उदपयुरमा एक करोड ६६ लाख १० हजारको परियोजना सञ्चालन गर्न लागिएको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>