निर्वाचनमा बालबालिकाको प्रयोग : पूर्वका सात जिल्लामा विशेष अनुगमन

विराटनगर/निर्वाचनका विभिन्न गतिविधिमा बालबालिकाहरुको प्रयोगबारे पूर्वाञ्चलका सात जिल्लामा विशेष अनुगमन गरिने भएको छ । केन्द्रीय बालकल्याण समितिले बालबालिका धेरै प्रयोग हुनसक्ने जिल्लालाई संवेदनशील सूचिमा राखी पूर्वाञ्चलका सात जिल्लामा विशेष अनुगमन गर्ने भएको छ ।
पूर्वका संवेदनशील जिल्लाको सूचिमा इलाम, धनकुटा, भोजपुर, सुनसरी, मोरङ, सप्तरी र सिराहा छन् । समितिले आइतवार विराटनगरमा आयोजना गरेको बालअभिकार अनुगमनसम्बन्धि अभिमुखीकरणमा पूर्वका सातसहित देशभरीका २२ जिल्लालाई उच्च संवेदनशील तोकी अनुगमनको तयारी गरिएको जनाएको हो । उच्च संवेदनशील अन्य जिल्लाहरुमा मध्यमाञ्चलका काठमाडौं, ललितपुर, भक्तपुर, रौतहट, र धनुषा, छन् ।
त्यस्तै पश्चिमाञ्चलका कास्की, स्याङजा, कपिलवस्तु, नवलपरासी, मध्यपश्चिमाञ्चलका बाँके, कन्चनपुर, दाङ, रुकुम र सुदुरपश्चिमाञ्चलका बाजुरा, हुम्ला, छन् । विगतको अनुभवको आधारमा यी जिल्लालाई चुनावमा बालबालिकाको धरै प्रयोग हुने जिल्लाको रुपान लिई यो चुनावमा बालबालिकाहरुको प्रयोग भए नभएको अनुगमन गरिने समितिका लेखा अधिकृत धु्रवकेशर थापाले बताए ।
नागरिक, पूर्वेली


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>