आगलागीमा २४ घाइते
Posted by
purwanews
Published on
Monday, October 28, 2013
पथरी/मोरङको शनिश्चरे १ स्थित भुटानी शणरार्थी शिविरमा आइतबार साँझ भएको आगलागीमा परी दुई दर्जन बढी घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरु सबैको दमकस्थित आम्दा अस्पतालमा उपचार भइरहेको छ ।
आगलागीमा गरी शिविरको सेक्छर के ३ छाप्रा नम्बर १ टेकबहादुर राई, छाप्रा नं. २ का नरबहादुर राई, र छाप्रा नं. ३ का शुक्र उराँवको घर जलेको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक बुद्ध श्रेष्ठले टेकबहादुरको छाप्रोबाट सुरु भएको आगलागीमा खाना पकाउने ग्याँस सिलिण्डर पड्केपछि घाइतेको संख्या बढेको जानकारी दिए ।
उद्घोष
प्रतिक्रिया दिनुहोस् >>