उमेदवार आक्रमणका घटना बढे
इटहरी/विभिन्न ठाउँमा चुनावी प्रचारप्रसारका क्रममा प्रचार सामाग्री लुट्ने क्रम बढेको छ भने प्रहरीले उमेद्वार आक्रमण गर्ने नेकपा–माओवादीका कार्यकर्ता पनि पक्राउ गर्न थालेको छ ।
यसैबीच आइतवार एकीकृत माओवादीका केन्द्रय सदस्य तथा मोरङ क्षेत्र नम्बर २ का उमेद्वार कुमारप्रसाद पौडेलको गाडी शनिवार राती तोडफोड भएको छ । चुनाव प्रचारप्रसारका लागि प्रयोग गरिएको को १ च ४७५० नम्बरको राईनो गाडि राति २ बजेतिर पथरीमा अज्ञात समूहले तोडफोड गरेको हो ।
पथरीस्थित कोचिला राज्य समिति सदस्य एवं क्षेत्र नं. २ को चुनाव प्रचारप्रसार परिचालन समितिका संयोजक देवराज भण्डारीको घरमा पार्किङ गरि राखिएको अवस्थामा गाडि तोडफोड गरिएको हो । तोडफोडबाट गाडीको अगाडीको सिसा फुटेको छ । गाडी तोडफोड गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ । उम्मेद्वार पौडेलले भने बहिष्कार गर्ने समूहले आफ्नो गाडी तोडफोड गरेको आरोप लगाएका छन् ।
गणराज्य
प्रतिक्रिया दिनुहोस् >>