उम्मेदवारले नाम फिर्ता लिए
Posted by
purwanews
Published on
Wednesday, October 9, 2013
मङ्सिर ४ गतेका लागि तोकिएको अर्को संविधानसभाको निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीमा उम्मेदवार दिने १७६ उम्मेदवारले नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईका अनुसार पूर्वाञ्चलबाट ३०, मध्यमाञ्चलबाट ८०, पश्चिमाञ्चलबाट २०, मध्यपश्चिमाञ्चलबाट ३० र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रबाट १६ जनाले आ–आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा भाग लिन ६ हजार ३४३ जना उम्मेदवार चुनावी प्रक्रियामा उत्रेका थिए । निर्वाचन आयोगले सो निर्वाचनमा उम्मेदवारी दिनेको अन्तिम नामावली भोलि प्रकाशन गर्ने छ । रासस
प्रतिक्रिया दिनुहोस् >>